पुतलीसडक पद्माेदय माेडमा जुत्ता मेला तथा एक्सचेन्ज अफर शुभारम्भ


पद्माेदय माेड पुतलीसडकमा फनपार्क नजिकै पहिले टिम्बा सिरक भएकाे ठाउँमा नेपालका विभिन्न चर्चित ब्राण्डका जुत्ताचप्पलहरू एक्सचेन्ज मेला शुभारम्भ भएकाे छ । 

नेपालका चर्चित ब्राण्डका जुत्ताहरू स्मार्ट शुज, सम्राट शुज, केटिएम शुज, भेनस शुज, फुट स्टेप शुज लगायतका कम्पनीहरूबाट उत्पादित जुत्ताचप्पलहरू उक्त प्रदर्शनी मेलामा प्राप्त गर्न सकिनेछ । मेला यही बैशाख २० गते बाटशुरू हुँदैछ । 

मेला स्थल ः

मेलास्थल सिंहदरबारबाट भृकुटीमण्डप जाने बाटाेमा माेडिने बित्तिकै ट्राफिक बिटकाे अगाडि पहिले टिम्बा सिरक भएकाे ठाउँमा अवस्थित छ ।

मेलाका मुख्य अाकर्षण ः 

भर्खर बनेका अाधुनिक डिजाइनका जुत्ताचप्पलहरू यस मेलामा अवलाेकन तथा खरिद गर्न पाइनेछ । मेलामा कम्पनी मूल्यमा २५ प्रतिशत छुटकाे अलावा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएपनि उक्त पुराना जुत्ताकाे न्यूनतम ५ सय रूपियाँ मूल्याङ्कन हुने गरी नयाँ जुत्ता खरिद गर्ने क्रममा छुट उपलब्ध गराइने केटिएम शुजका प्रबन्ध निर्देशक बबिता शाहले जानकारी दिनुभयाे ।

गुणस्तर ः

स्मार्ट शुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले विगतमा सेल मेलाकाे नाममा विभिन्न कम्पनीहरूले अस्थायी रूपले लगाएका मेलाबाट कमसल तथा म्याद सकिएका जुत्ताकाे विक्री भएकाे भन्दै उपभाेक्ताहरूबाट गुनासाे अाएकाेले उपभाेक्ताहरूकाे सुविधा समेतलार्इ लक्षित गर्दै स्थायी रूपमा नै सुविधा सम्पन्न हुने गरी नेपाली जुत्ताहरू विशेष छुट, एक बर्षे वारेन्टी तथा एक्जचेन्ज अफर लगायतका विशेष याेजना सहित अाफूहरूले उपलब्ध गराउँदै जाने याेजना रहेकाे बताउनुभयाे । यसबाट उपभाेक्ताहरूलार्इ समेत लाभ मिल्ने समेत उहाँले बताउनुभएकाे छ । यसकाे साथै स्वदेशी श्रम र पुँजीबाट निर्माण भएका अाधुनिक डिजाइनका जुत्ताहरू खाेज्न अब ग्राहक अन्त जानुपर्ने अवस्था अब नरहने समेत उहाँले बताउनुभएकाे छ ।

यसैगरी फुटस्टेप शुजका प्रबन्ध निर्देशक अारसी केसीले नेपाली जुत्ताचप्पलहरूले  उपभाेक्ताहरूलार्इ अाधुनिक डिजाइन तथा उच्च गुणस्तरका जुत्ताचप्पलहरू भारी छुटकाे साथ किन्न तथा उपयाेग गरी लाभ लिनकाे निम्ति अनुराेध गर्नुभएकाे छ।

हाम्रा कम्पनीहरूले उत्पादन गर्ने गुणस्तरीय जुत्ताचप्पलहरूलार्इ समस्त उपभाेक्ताहरूले मन पराइसक्नुभएकाे कारण हामीहरूले उत्पादन गर्ने जुत्ताहरू सहज तवरले प्राप्त गर्नेछन् । यसबाट ग्राहकलार्इ अावश्यक परेकाे समयमा अाफूलार्इ अावश्यक परेकाे जुत्ताचप्पलहरू खरिद गरी प्रयाेग गर्न सक्ने सम्राट शुजका प्रबन्ध निर्देशक  प्रमाेद  महताेले बताउनुभयाे ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: