बेकरी उद्याेगको क्षेत्रमा रमाउँदै मानन्धर


मन्डिखाटारकाे गेट कलेजमा प्रशासनिक प्रमुखको भूमीकामा रही कार्य गर्दै आउनुभएका रविन्द्र मानन्धर हाल महाराजगञ्ज स्थित बेकरी उद्योग समेत सञ्चालन गर्नुभएको छ । ऊहाँले आउटलेट समेत आफैँ सञ्चालन गर्नुभएको छ । करिब १ बर्ष पहिले  देखि ऊहाँको यो व्यवसाय शुरु भएको हो ।
हाल ऊहाँको पसलबाट करिब दैनिक १० हजारको कारोबार हुने गरेको छ । बजारमा प्रशस्तै प्रतिष्पर्धा हुँदाहुँदै पनि स्तरीय सामान उत्पादन गरेको कारण एकपटक आएको ग्राहक अर्को पटक समेत आउने वातावरण आफुले बनाउन सकेको मानन्धर बताउनुहुन्छ ।
अहिले आफुले पाँत तारे होटलमा प्रयोग गरिने उच्च स्तरीय फ्लेवर प्रयोग गरेर नै आफुले वेकरीजन्य सामानहरु उत्पादन गर्न सफल रहेको दाबी मानन्धरको छ ।

हाल ऊहाँले उत्पादन गर्ने सामानहरु मप्पिन, पेष्ट्री, पाउरोटी, केक लगायतका सामानहरु उत्पादन हुँदै आएका छन् । हाल ऊहाँको उद्योगमा ३ जना कर्मचारीहरु समेत छन् । प्याकेजिङको निम्ति आवश्यक पर्ने बक्सहरु भने उद्योगमा नै आफैंले अर्डर दिएर उत्पादन गराएको मानन्धर बताउनुहुन्छ ।

हाल महाराजगञ्ज क्षेत्रमा ५-७ ओटा बेकरी पसलहरु छन् । यद्यपि स्तरीय सेवा दिन सकेको कारण अहिले राम्रो तवरले बजारमा प्रचारप्रसार तथा होम सर्भिस लगायतका सेवा उपलब्ध नगराउँदा पनि ग्राहकहरु खोजीखोजी आएको कारण आफु सन्तुष्ट रहेको ऊहाँ बताउनुहुन्छ । साथै अाफूले उत्पादन गरेका सामानहरू अन्तराष्ट्रिय गुणस्तरका रहेकाे मानन्धरकाे दावी छ । साथै आफ्ना उत्पादनलाई ऊहाँले अरुको तुलनामा भिन्न पार्ने किसिमले काम गर्नुभएको छ ।

पछिल्लो समय बेकरी आइटमको उत्पादनमा मान्छेको फोटो नै टाँस्ने प्रचलन पनि बढेको बताउँदै यसरी टाँसिने फोटो खानयोग्य प्लाष्टिक जस्तो वस्तु रहेको मानन्धर बताउनुहुन्छ । जुन प्रविधि नेपालमा भित्रिइसकेको छ ।

वेकरीजन्य वस्तुका कच्चा पदार्थहरू ः
बेकरीजन्य सामानहरु उत्पादनको निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरु मैदा, , चिनी, बटर, अण्डा, लगायत हुन् । जुन नेपालमा स्थानीय रुपमा नै उपलब्ध हुन्छ । तर बेकरी बनाउनको निम्ति आवश्यक पर्ने क्रिम जन्य वस्तुहरु भने नेपालमा उत्पादन गरिएको छैन । अर्थात नेपालमा क्रिम विदेशबाट नै आउने गरेको छ ।
अहिले केक, पेष्ट्री, पाउरोटी लगायतका वस्तुहरु बढी मात्रामा विक्री हुने गरेका छन् । बर्थडे केक आवश्यक परेमा पहिले नै अर्डर गर्नुपर्ने हुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: