ग्यास व्यवसायी संघ काठमाडाैंको चुनावी अधिवेशन बैशाख २२ गते, व्यवस्थित काराेबारमा जाेड दिइने

  • कुन कुन विषयमा केन्द्रित होला अधिवेशन ?

  • काठमाडौं ग्यास व्यवसायी संघको अधिवेशन तत्काल हुन लागेको छ । यही बैशाख २२ गते काठमाडौंको ठूलो भ¥याङ स्थित क्वालिटी फुड क्याफेमा हुन लागेको अधिवेशनमा प्रदेश नम्बर ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रम तय भएको काठमाडौं ग्यास व्यवसायी संघका अध्यक्ष विनोद काफ्लेले सेतोघर डट कमलाई बताउनुभएको छ । यस पटकको चुनावी अधिवेशनसँगै संघमा नयाँ निर्वाचित कार्यसमितिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।

    विनाेद काफ्ले, अध्यक्ष, ग्यास विक्रेता संघ काठमाडाैं

    व्यवसायी संघका पहल र आगामी दिनमा गर्नुपर्ने कार्यहरु ः
    व्यवस्थित बजार र आत्मनिर्भर कारोबारको निम्ति लामो समय देखि सक्रिय तवरले आवाज उठाइरहेका व्यवसायीहरुको अबको कार्यसमितिले ग्यास व्यवसायमा संलग्न व्यवसायीहरुका आवाजलाई सम्बोधन गर्दै कमिसन रकममा वृद्धि, व्यवस्थित कारोबारको निम्ति प्रयाप्त पहल तथा संगठन विस्तार लगायतका कामहरु गर्नुपर्ने जिम्मेवारी रहनेछ ।
    हालका अध्यक्ष विनोद काफ्ले नेतृत्वको कार्यसमितिले समेत व्यावसायिक हकहितको निम्ति प्रयाप्त काम भए । यद्यपि राज्यलाई दबाब सृजना गर्दै कमिसन वृद्धि गराउने कार्यमा भने महासंघ र जिल्ला संघहरु सँगसँगै अघी बढेका भएपनि केही परिस्थितिजन्य बाध्यता र राज्यको नीतिगत बाध्यताको कारण कमिसन वृद्धि लगायतमा भने उपलब्धि हासिल हुन नसकेपनि व्यावसायिक जागरुकता र सचेतना विस्तारको निम्ति भने राम्रै सफलता हात पारेको मान्न सकिन्छ ।

    पछिल्लो समय व्यावसायिक प्रमाणिकरणको निम्ति अघी बढेको पहलले समेत राम्रै सफलता हात पारेको छ । हाल १ हजार ८ सय २५ व्यवसायीहरु प्रमाणिकरणको दायरामा आइसकेका छन् । प्रमाणिकरणको दायरामा आएका पसलहरुबाट गुणस्तरीय सेवा प्रवाह हुने, राज्यलाई राजस्व प्राप्त हुने र क्षमतावान् व्यक्तिले मात्र ग्यास कारोबार गर्ने अवस्था बन्ने भएको कारण यसबाट उपभोक्ता, व्यवसायी र राज्य लगायत सबै पक्ष लाभान्वित हुन सक्छन् ।

    ग्यास व्यवसायको अहिलेको अवस्था ः
    नेपालमा ग्यास व्यवसाय सञ्चालन गर्ने क्रममा मुनाफा निकै कम मात्र छ । यसैकारण व्यवसाय चलाउनै गाह्रो अवस्था सृजना भएको प्रति लामो समय देखि नै ग्यास व्यवसायी संघ काठमाडौं लगायतका संस्थाहरु आवाज भने उठाइ नै रहेका छन् । साथै यो व्यवसाय अहिले विगतको तुलनामा केही व्यवस्थित समेत बन्दै गएको छ । यद्यपि यस व्यवसायलाई पूर्ण व्यवस्थित गर्नको निम्ति भने गर्नुपर्ने कामहरु अझै धेरै नै छन् । यसैकारण अब हुन लागेको जिल्ला अधिवेशन पश्चात् निर्वाचित हुने जुझारु नेतृत्व प्रति व्यवसायीहरु निकै नै आशावादी छन् ।

    व्यावसायिक विकृति कमी गर्नुपर्नेमा जोड ः
    नेपालमा ग्यास व्यवसायमा संलग्न जागरुक व्यवसायीहरु यस व्यवसायलाई माथि उठाउनको निम्ति बजारमा भएका विकृतिहरु सुधानुपर्ने पक्षमा आवाज समेत उठाउँदै आएका छन् । नेपालमा अहिले सञ्चालनमा रहेका मध्ये अधिकांश ग्यास पसलहरु प्रमाणिकरणको दायरामा छैनन् । किराना पसलबाट समेत ग्यासको कारोबार हुँदै आएको

    अर्जुन खत्री, काेषाध्यक्ष, ग्यास विक्रेता महासंघ नेपाल

    छ । ग्यास कारोबारको क्रममा हुन सक्ने दुर्घटनालाई कमी गर्नको निम्ति समेत व्यवसायमा आउन चाहने व्यक्तिहरुलाई सुरक्षाजन्य तालिम अनिवार्य गर्नुपर्ने भएपनि सबै व्यवसायीहरुले यस्तो तालिम लिएका छैनन् । जसले गर्दा ग्यास प्रयोगको क्रममा अहिले पनि दुर्घटनाहरु बढिरहेका छन् । पछिल्लो समय यस्ता समस्याहरु बारे जनताहरुलाई समेत सचेतना विस्तारको निम्ति विभिन्न संस्थाहरुको सहकार्यमा ग्यास व्यवसायीहरु पनि सक्रिय तवरले लागिरहेका छन् । जसले गर्दा उपभोक्ताहरु समेत जागरुक बन्दै गएको र केही हद सम्म दुर्घटनामा कमी आएको ग्यास विक्रेता महासंघ नेपालका कोषाध्यक्ष अर्जुन खत्री बताउनुहुन्छ ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: