क्यान्सरबाट कसरी जोगिने ?


डा. मनाेज थापा

नेपालमा करीब ७० देखि ८० हजार जति क्यान्सरका रोगीहरु रहेका छन् । यस्ता रोगीहरुको संख्या हरेक दिन बढिरहेको छ । यो रोगको उपचार सामान्य मानिसले गर्न पनि कठिन हुँदै गएको छ । यसैकारण राष्ट्रले क्यान्सर रोगको उपचार सर्वसुलभ बनाउनुपर्छ । क्यान्सरको महामारीलाई रोक्न आवश्यक कदमहरु चाल्नुपर्छ । आधुनिक औषधी मात्र नभई सहायक एवं वैकल्पिक उपचारहरुलाई पनि एकसाथ लिएर हिँड्नुपर्ने आवश्यकता देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष करीब ७ प्रतिशत मानिसको मृत्यु कुनै न कुनै प्रकारको क्यान्सरबाट नै हुने गरेको छ । क्यान्सको प्रकार भने करिब १०० भन्दा बढी हुने गरेको पाइन्छ ।

क्यान्सर :
शरीरको कुनै भाग वा अंगमा कोषहरुको अनियन्त्रित वृद्धिबाट उत्पन्न हुने रोग वा रोगहरुको समग्र रुपलाई क्यान्सर भनिन्छ । यो रोग शरीरको जुनसुनै अंगमा लाग्ने भएतापनि मुख्य गरी स्तन, फोक्सो, कलेजो, मुख, पाठेघर, मलद्वार, ठूलो आन्द्रा, आमाशय, आहार नली, प्रोस्टेट, रगत आदिमा यसको प्रभाव ज्यादा भएको पाइन्छ । यो रोगको उपचारमा किमो थेरापी, रेडियो थेरापी, सर्जरी लगायतका विधिहरु प्रयोग गरिन्छ ।

क्यान्सर लाग्नुका कारणहरु :
वातावरणीय प्रदुषण, मानसिक तनाव, जंक फुड, चिया÷कफीको ज्यादा सेवन, अप्राकृतिक रहन–सहन, चुरोट, सूर्तिजन्य पदार्थको सेवन, रक्सीको अत्यधिक सेवन, गरीबी, अशिक्षा, योग–व्यायाममा कमी, शारीरिक क्रियाकलापमा कमी, अस्वस्थ्यकर खानेकुरा, वंशाणुगत गुण आदिलाई क्यान्सरका प्रमुख कारण मान्न सकिन्छ ।

क्यान्सरका लक्षणहरु :
कुनै पनि घाउ वर्षौ सम्म निको नहुनु, दुब्लाउँदै जानु, शरीरमा दुख्ने वा नदुख्ने गाँठाहरु देखिनु, महिनावारी बन्द भएपछि पनि पुनः देखा पर्नु, पुरुषको लिङ्गमा खटिरा जस्तो आई ठूलो हुँदै जानु, स्तनमा गाँठो देखिनु, छालामा बिमिटाहरु देखिनु, खकारमा रगत देखिनु, घाँटी बस्नु, खोकी निको नहुनु आदि जस्ता लक्षणहरु देखा पर्दछन् ।

जोगिने उपायहरु :
१) धुम्रपान नगर्ने

२) चुरोट, सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
३) चिन्ता, तनाव धेरै नगर्ने ४) प्रयाप्त निद्रा लिने ।

५) सकारात्मक सोच

६) सक्रिय जीवनयापन गर्ने

७) दैनिक शारीरिक व्यायाम गर्ने, योग, प्राणायाम, ध्यान गर्ने ।
८) बढि चिल्लो, नुनिलो, ज्यादा तारेको भुटेको खानेकुरा नखाने ।
९) कब्जियत हुन नदिने

१०) फाइबरयुक्त भोजनमा जोड दिने
११) फलफुल, हरियो सागपातमा जोड दिने १२) हास्य योग गर्ने
१३) हरेक वर्ष सम्पूर्ण शरीरको चेकअप गराउने ।
१४) क्यान्सर रोकथाम र नियन्त्रण गर्न रोगी वा निरोगी सबैले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नैपर्छ ।
१५) क्यान्सर रोगमा योग तथा प्राकृतिक चिकित्सा पद्धति अपनाएर, खानपानमा सुधार गरेर, घरेलु, उपचार एवं जीवनशैलीमा सुधार गरेर रोग लाग्नबाट बच्न सकिन्छ ।
१६) रोग लागिसकेपछि पनि औषधी (एलोपेथी)को साथसाथै सर्जरी, किमो थेरापी, रेडिएसन थेरापी पश्चात् नयाँ जीवन पाएका रोगीमा पनि माथि उल्लेखित कुरालाई अनुशरण गरी जीवनलाई सुखी र दिर्घायु पार्न सकिन्छ ।

जनचेतना कार्यक्रम अन्तर्गत ः
 नियमित योगको प्रवचन
 क्यान्सरबाट बचौं भन्ने नारा सहितको अभियान
 प्राकृतिक चिकित्सा प्रति लाग्ने प्रेरणा
 आधुनिक परिवेशमा सुहाउँदो प्राकृतिक-स्वस्थकर जीवनशैलीको जानकारी
 नसर्ने रोगको बारेमा जानकारी एवं शिक्षा विद्यालयबाटै शुरु गर्ने ।
 राष्ट्रले राष्ट्रिय क्यान्सर नीति ल्याउनुपर्ने ।
 प्राकृतिक एवं वैकल्पिक उपचार-पूरक उपचार नीति बनाउनुपर्ने ।
 जनचेतनामूलक क्याम्पको आयोजना गर्नुपर्ने ।
 हरेक अस्पतालमा “प्रिभेन्टिभ युनिट” खडा गर्नुपर्ने ।

प्राकृतिक उपचारले विशेष गरी रोकथाममा जोड दिन्छ । साथै जीवनशैली र खानपान पद्धति सिकाउन सहयोग गर्छ । क्यान्सर रोगबाट नयाँ जीवन पाएपछि पनि चिकित्सकको परामर्श लिने, फ्लोअप गरिरहने लगायतका प्राकृतिक एवं स्वस्थकर शैली अपनाएर जीवनयापनलाई सहज पार्न सकिन्छ । क्यान्सर विरोधी खानेकुराहरु जस्तै अनार, सिमी, ओखर, लसुन, बेसार, मरिच, गोलभेंडा, भटमास, माछा, ब्रो काउली, ग्रिन टी, खुर्पानीको बियाँ, गाजर, कुरिलो, गुर्जो, घ्यूकुमारी, गहुँको जमराको जुस आदिलाई दैनिक आफ्नो जीवनमा अवश्य प्रयोग गर्नु स्वास्थ्यको लागि हितकारी हुन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: