महालक्ष्मीकाे बझाङ र बाजुरामा शाखा विस्तार


महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा मिति २०७४ बैशाख ११ गते बझाङ्ग जिल्लाको चैनपुर शाखा र मिति २०७४ बैशाख १३ गते बाजुरा जिल्लाको मार्तडी शाखाको औपचारिक समुद्घाटन गरेको छ । बैँकको चैनपुर शाखाको समुद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख श्री विरेन्द« बहादुर खड्काज्यूले तथा मार्तडी शाखाको समुद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख श्री पदम बडुवालज्यूले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गर्नुभएको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेज्यूले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । साथै वहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गर्नुभयो ।
विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लि. ले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: