नेपाली बजारमा ओप्पो एफ ७ स्मार्ट फोन सार्वजनिक, यस्ता छन् बिशेषता


काठमाडौँ । चीनको चर्चित मोबाइल कम्पनि ओपोले आफ्नो नयाँ संस्करण एफ ७ बिहीबार सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सेल्फी फोटोग्राफीका लागि एफ ७ ले परिस्कृत एआई प्रविधिलगायत अन्य वैकल्पिक फिचर्सको उपयोग गर्ने कम्पनीले जनाएको छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टी टास्किङ सफ्टवेयरसहितको एफ सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोगको अनुभव दिने बताइएको छ ।

ओपो एफ सेभेन ६४ जीबी, ४ जीबी र्‍याम सहित नेपाली बजारमा आएको हो । अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपालभर सोलार रेड, मुनलाइट सिल्भर र डायमन्ड ब्ल्याक गरी तीन रङका विकल्पमा उपलब्ध हुन कम्पनीले जनाएको छ । ओपोले चाँडै नेपाली बजारमा एफ सेभेन १ सय २८ जीबी, ६ जीबी र्‍यामसहित सोलार रेड र डायमण्ड ब्ल्याक रङमा उपलब्ध गराउने तयारी गरेको छ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ओपो एफ ७ ले अन्य उत्पादनले झैं नेपाली उपभोक्ताको मन जित्ने बताएका छन् । उनले नेपाली उपभोक्ताको आवश्यकताको सम्बोधन गर्न पनि यो फोन सफल हुने विश्वास जनाए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: