नुवाकोटमा १२ अाै अन्तर डाेजाे सितोरियो कराँते च्याम्पियनसिप सम्पन्न


नुवाकोट बैशाख ९ र १० गते नुवाकोटमा भएको १२ अाै अन्तर डाेजाे सितोरियो कराँते च्याम्पियनसिपमा ३१ कराँते डाेजाेकाे प्रतिष्पर्धा  सम्पन्न भएको छ  । जसमध्ये नुवाकोटका बेलकाेटगढी नगरपालिका बाट  २५ खेलाडीको ऊलेख्निय सहभागी थियो । ऊक्त  प्रतिस्पर्धा १५, २०,२५,३०,३५ तथा ६० भन्दा माथि फ्रि अाेईट ताैल समुहमा प्रतियोगिता भएको थियो । जसमध्ये बेलकाेटगढी नगरपालिकाले  ९ स्वर्ण, ४ रजत तथा ३ काँस्य पदक हात पारी च्याम्पियनसिप बन्न सफल भएको छ  । त्यसैगरी ३ स्वर्ण ,१ रजत तथा ७ काँस्य सहित विदुर नगरपालिका द्धितिय  र १ स्वर्ण र ३ रजत तथा २ काँस्य सहित  सामरी सितोरियो कराते डोजोले  तृतीय स्थान हाँसिल गरेकाे छ 

  • कार्यक्रम सम्पन्न गराउन  च्याम्पियनसिपका  संयाेजक समेत रहेको नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोट  प्रमुख प्रशिक्षक उत्तम राई , संघका अध्यक्ष विष्णुप्रसाद सापकोटाको बिशेष भूमिका  रहेकाे थियो । यसैगरी सह-संयाेजकका रुपमा करण तामाङ र चुपेन्द्र सिह तामाङ रहेको थियोे । च्याम्पियनसिप सञ्चालनमा जुरीमा नुवाकोट जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई र सिन्धुपाल्चोक जिल्ला प्रमुख प्रशिक्षक छाेनम लामा र नुवाकोट ब्ल्याक बेल्ट कमिटी अध्यक्ष विजय गुरुङ रहनु भएको थियोे । साथै रेफ्रिरहरुमा करण तामाङ, अष्ठविर लामा, चुपेन्द्रसिंह तामाङ, पुष्कर मल्ल , राेहिनी पण्डित, कृष्ण लामा, लगायत रहनु भएको थियोे ।

 

कार्यक्रमका उत्कृष्ट खेलाडीका ऊपाधि बेलकाेटगढी नगरपालिका  नुवाकोटका विकास मगरले प्राप्त गरेकाे छन्  । च्याम्पियनसिप उद्घाटन समारोहमा प्रमुख अतिथि नुवाकोट जिल्ला समन्वय समिति सभापति सन्तमान तामाङ, विशिष्ट अतिथि नेपाली काँग्रेसका युवा नेता एवम पुर्व जिल्ला कराँते संघ अध्यक्ष राजु थापा लगायत रहनुभएकाे थियोे । त्यसैगरी समापन समाराेहमा प्रमुख अतिथि नेपाली काँग्रेसका संसद बहादुर सिंह लामाले सम्बाेधन गर्नुभएको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: