पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने


काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ । पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मजोज अधिकारीले १५ फागुनमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्चका रजिष्टारले दरपीट गरे ।

यसबीचमा उमेर हदका कारण २१ साउनमै अवकास पाएको पत्र न्याय परिषदले थमाएपछि पराजुलीले १ चैतमा प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: