आउ न बसाैं कुरा गराैं


रिता गिरी रेनुका

आउ न एकैछिन बस चुनाव अनि भोटका कुरा गरौं
विपक्षी पार्टीहरुको नकारात्मक खोटका कुरा गरौं ।

जनता सामु भोट माग्दा फैलाएका तिम्रा हातहरुका
विकासका निम्ति तिमीले गरेका अठोटका कुरा गरौं ।

वृद्ध बा आमाहरुले थर्थराउँदै भोट दिएका बिर्सियौ
छोड न सत्ताका ती गरिबीहरुका चोटका कुरा गरौं ।

रातदिन बढ्दो महिला हिंसा बलात्कारका कुरा छोडेर
कसरी म तिमीले लगाएको कालो कोटको कुरा गरौं ।

कस्ले फिर्ता गर्न सक्ने मिचिएका सिमानाहरू हाम्रा
यस्तै कुराहरुमा पार्टीहरुको बाजी होटको कुरा गरौं ।

फक्रेको फूल त सबैले सजाउने नै गर्छन यो दुनियाँमा
आज हामी ओइलिएको फूल सुकेको बोटको कुरा गरौं ।

कति पाण्डव र कौरव झै कौडा मात्रै खेल्छौ नेताहरू
कहिलेकाहीँ चेस, डन्डिवियो बरु पोटका कुरा गरौं ।

म बेरोजगार छु एउटा रोजगार दिलाइदिनु हजुर मलाई
कति भन्छौ ? तिमीले लिने गरेका नोटका कुरा गरौं ।

 

रिता गिरी रेनुका
बैतेश्वर-१,कैलेश्वर दोलखा

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: