एमालेले बोलायो आकस्मिक स्थायी कमिटी बैठक



काठमाडौँ । एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । वैशाख ९ गते गर्ने भनिएको माओवादी केन्द्रसँगको एकता वार्तामा आएका विषयबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए। बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा भएका प्रगती र असहमतिबारे जानकारी गराउने बताइएको छ।

एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिह्न, अन्तरिम विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने र केन्द्रीय कमिटीमा बाँडफाटका विषयमा सहमति भएको छैन।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: