ओली र दाहालबीच बालुवाटारमा ‘वान टु वान’वार्ता हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओलीले दाहाललाई १० बजे छलफलका लागि बालुवाटार बोलाएकाे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाकारी दिए ।

उनका अनुसार आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन नसकेको थिएन । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि आजै दुई नेताबीच वान टु वान वार्ता हुने जानकारी दिए ।

वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

ओली भारत भ्रमणबाट फर्किएलगत्तै विवादित विषय टुंगो लाग्न एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुने बुझिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: