काठमाडौंमा युवतीको हत्या



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको हत्या भएको छ ।

गएराति टोखा ७ बसुन्धरामा कच्ची सडकको छेउमा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा युवतीको बलात्कारपछि हत्या भएको देखिएको छ ।

हत्याको आशंकामा ४ जनालाई पक्राउ गरिएको भए पनि अहिलेसम्म युवतीको नाम र ठेगाना खुल्न सकेको छैन । उनका अनुसार मृत्यु भएकी युवती करिब २६, २७ वर्षकी रहेकी छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: