गायक लेखु सहयात्रीको ‘आमा’ बोलको गीतको सार्वजनिक (भिडियो)


दिपक घिमिरे । धरान  । आमाको मुख हेर्ने दिनको छेको पारेर गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । सांगीतिक क्षेत्रमा  छुट्टै परिचय बनाएका सहयात्रीले सेतो घर डट कम संग कुरा गर्दै आफ्नो यस एल्वमको   गीतले स्रोताहरुको मन जित्ने विश्वास लिएका  छन्र  ऊनि “‘आमा “’ बोलको गित  नेपाली सांगीतिक आकाशमा सफल हुनेमा बिस्वस्त छन्

राजन खतिवडाको संगीत रहेको गीतको शब्द गायक सहयात्रिकै रहेको छ । गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन । भिडियोमा सुशान्त खत्री फिचर्ड छन । उनले भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’मा सहभागी भएर चर्चा कमाइसकेका छन । कन्टेम्पोररी डान्स फर्म त्यसमापनि लिरिकल डान्समा सुशान्त चर्चित छन् ।

 

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: