गजल : सोचिरहेछु एउटा कुरा…..


साबित्री उमारा

सोचिरहेछु एउटा कुरा कस्लाई,सोधौ सोचिरहेछु
जिउन धेरै गाह्राे भयो बाचौ कि मरौ सोचिरहेछु ।

बिरामीले शिथिल आमाको उपचार गराउनलाई
म मृगौला बेचिदिउ कि,जवानी बेचौ सोचिरहेछु ।

सधै निरास हुनुको बिषयगत प्रश्न सोध्नेहरुलाई
जवाफमा मैले खै के भनौ के,भनौ सोचिरहेछु ।

अनेक चिजको घमण्ड देखाई आफन्त टाढिए
बिरानो मुलुकमा आफ्नो को,सम्झौ सोचिरहेछु ।

भयानक अभाब अनि बाध्यताले च्याप्न थाल्यो
लाग्छ क्याम्पस पढौ की खै,नपढौ सोचिरहेछु ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: