युवती हत्याराको बयान –‘२ हजारमा बार्गेनिङ, मात्तिएपछि घाँटी थिचेर हत्या’



काठमाडौं । चैत २२ गते काठमाडौंको नयाँ बसपार्कस्थित न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा एक युवतीको हत्या गरि फरार सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् ।

आफूसँगै कोठामा लगेर शर्माले चितवन सौराहाकी रिहा अधिकारीको हत्या गरेका थिए । युवतीको घाँटी थिचेर हत्या गरेपछि उनी फरार भएको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले कञ्चनपुरस्थित गड्डाचौकीबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्श्वराज पोखरेलले बताए ।

यस्तो छ घटना विवरण
२१ गते गोपाल शर्मा रामेछापबाट काठमाडौं आए । उनी रामेछापमा सामान्य काम गर्दै आएका थिए । अर्को दिन साँझ नयाँ बसपार्कको माछापोखरी क्षेत्रमा उनको भेट रिहासँग भयो । दुवैजनाको २ हजारमा रात सँगै बिताउने सहमति भयो । युवतीले होटल आफुले चिनेको भन्दै न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा लगिन् । उनीहरु होटलको कोठा नम्बर २०३ मा बसे ।

त्यसपछि गोपालले वियर र रिहाले भर्जिन ब्रान्डको मदीरा पिए । रिहा रक्सीले मात्तिएपछि गोपाललाई गाली गर्न थालिन् । प्रहरीसँग गोपालले दिएको बयानमा भनेका छन्–‘रिहा मात्तिएपछि तिम्री आमा र बहिनीसँग रात बिताउ, केटाहरु बोलाएर तिमीलाई मार्छुसम्म भन्न लागिन् । त्यसपछि मैले आफ्नै काखमा राखेर घाँटी थिचेर मारिदिएँ ।’

त्यसपछि गोपाल त्यही राति होटलबाट भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: