हिमालयन बैंक र आईएफसीबीच ऋण लगानी गर्ने सम्झौता



काठमाडौं । हिमालयन बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन ९आईएफसीबीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र आईएफसीका आवासीय प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौताअनुसार आईएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ ।

महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उद्देश्य हो । हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्नेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: