इक्यानमा मेरो जित सुनिश्चित छः बस्नेत


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को यस पटकको १२ औं अधिवेशन तयारी कसरी हुँदैछ ? यही बैशाख ८ गते हाम्रो इक्यानको चुनावी कार्यक्रम छ । पुष मसान्तमा निर्धारण भएको कार्यक्रम बमोजिम नै चुनावी मिति तय भएको र सोही बमोजिम हाल व्यवसायीहरु मुख्य २ खेमामा विभाजित भएका हुन् ।

हाल इक्यानको चुनावी दौडमा २ ओटा प्यानलमा शैक्षिक परामर्श व्यवसायीहरु चुनावी दौडमा देखिएका छन् । एउटा सरोज कुमार बस्नेतको प्यानल छ भने अर्को प्यानलको नेतृत्व प्रकाश पाण्डेले गरेका छन् ।
अध्यक्षका प्रत्यासी सरोज कुमार बस्नेत आगामी दिनमा सदस्य व्यवसायीहरुको हित स्थापनाको निम्ति आफूले सबैलाई समेटेर व्यावसायिक र राम्रो खालका प्यानल घोषणा नै गरिसकेका छन् । यही कारण पनि बस्नेतको जीत सुनिश्चित रहेको छ ।

इक्यानका अबका प्राथमिकता बारे संक्षिप्त कुरा गर्दै इक्यानका अध्यक्षका प्रत्यासि बस्नेत यस पटकको निर्वाचन पश्चात् विभिन्न गतिविधिहरु अघी बढाउनुपर्ने आवश्यकता रहेको बताउँछन् । संस्थालाई थप सुधारको निम्ति आफूले विशेष पहल गर्ने र अल्पकालिन तथा दीर्घकालिन नीति र योजनाको आधारमा अब आफ्ना गतिविधिहरु अघी बढाउने योजनामा आफू रहेको उनले बताएका छन् । इक्यानको पूर्वाधार, विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरुमा सम्बन्ध स्थापना, व्यावसायिक सुशासन, सचेतना विस्तार लगायतका कार्यहरु अब इक्यानको प्राथमिकताका विषयहरु रहेका कुरा बस्नेतले बताउदैँ आएका छन् ।

बस्नेतको इक्यानमा नेतृत्व लिने आधारहरु ः
नेपालका शैक्षिक परामर्श व्यवसायीहरुका समस्यालाई नजिकबाट बुझ्दै आएका बस्नेत सबैलाई समेट्न सक्ने सक्षम र यो व्यवसायको राम्रा क्षमतावान व्यक्तिका रुपमा चिनिएका पात्र हुन् । नेतृत्वदायी क्षमतामा अब्बल उनी सबैलाई समान व्यवहार गर्ने र दिगो दृष्टिकोण र योजनाको साथ अघी बढ्ने व्यक्ति हुन् । व्यवसायीहरुको पक्षमा अघिल्लो कार्यकालमा उपाध्यक्ष रहँदा उनले गरेका कामहरुबाट अधिकांश शैक्षिक परामर्श व्यवसायीहरु प्रभावित छन् । बस्नेछ भन्छन्, ‘अघिल्लो कार्यकालमा पनि मलाई शुभचिन्तकहरुको राम्रो साथ प्राप्त भएको कारण म सिधै उपाध्यक्ष पदमा निर्वाचित हुने अवसर पाएको थिएँ । निर्वाचित भइसकेपछि पनि राम्रो सन्देश प्रदान गर्न सफल भएँ । मैले जुन जिम्मेवारी पाएँ, त्यो निकै राम्रो तवरले पूरा गरेँ । अहिले यसै संस्थाको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी लिएर संस्थालाई सबलीकरण र व्यवसायीहरुको हकहितको निम्ति काम गर्ने सोच बनाएको छु ।’

उपाध्यक्ष रहँदा बस्नेतले संस्थाको हितको निम्ति गरेका पहलहरु ः
‘यस संस्थाको सदस्यता विस्तार तथा संस्थामा आवद्ध सदस्यहरुलाई निश्चित आचारसंहिताको दायरामा ल्याई यस क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति मैले महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको छु ।’ आफूहरु यस व्यवसायमा आवद्ध भइरहँदा सबै व्यवसायीहरुमा अपनत्वको महसुस गराई सबैलाई संघमा समेट्ने योजनाको साथ दुर्घटना बिमा योजना अघी सार्नुमा पनि बस्नेतको महत्वपूर्ण भूमीका रहेको थियो । संगठन सुदृढीकरण र तालिम लगायत विभिन्न क्षेत्रमा बस्नेतले महत्वपूर्ण कामहरु गरेको कारण अहिले पनि आफ्नो पक्षमा निकै राम्रो माहोल रहेकामा बस्नेत ढुक्क छन् । आगामी दिनमा समेत आफुले संस्थाको हकहितको निम्ति प्रयाप्त काम गर्नेमा बस्नेतले सदस्यहरुलाई आशावादी बनाएका छन् ।

इक्यानले गर्नुपर्ने अबका कार्यहरु ः
नेपाल शैक्षिक परामर्शले निकै लामो इतिहास बोक्ने क्रममा विभिन्न आरोहअवरोहहरु बीच अहिलेको अवस्थामा आउन सफल भएको छ । यस संस्थाबाट निकै धेरै व्यक्तिहरुले संस्थागत सुशासन तथा नेतृत्व विकास सम्बन्धी धेरै कुराहरु सिक्न पाएका छन् भने वैदेशिक अध्ययनमा जाने व्यक्तिहरु समेत संस्थाको परामर्शबाट लाभान्वित हुँदै आएका छन् ।

पछिल्लो समय नेपालबाट विदेशमा जान चाहने विद्यार्थीहरुलाइ लक्षित गरी विभिन्न इभेन्टहरु समेत आयोजना गर्ने काम इक्यानले गर्दै आएको छ । विद्यार्थीहरुलाई सही तथ्यपूर्ण जानकारी दिनको निम्ति यस संस्थाले विशेष पहल गर्नेछ ।
यो संस्था अहिलेको अवस्थामा आउनुमा पनि अग्रजहरुको निकै नै महत्वपूर्ण भूमीका रहेको बताउँदै ऊहाँहरुको उक्त योगदानको कदर गर्दै आगामी दिनमा संस्थाले लिनुपर्ने कार्यनीतिलाई ध्यानमा राख्दै आफ्ना गतिविधिहरु अघी बढाउने अध्यक्षका प्रत्याशी बस्नेतले बताए ।
वैदेशिक अध्ययनमा जाँदा राज्यलाई पर्ने प्रभाव ः
नेपालबाट अध्ययनको निम्ति युवाहरु विदेशिने कामको शुरुवात निकै लामो समय देखि नै भएको र पछिल्लो समय यस प्रति युवाहरुको आकर्षण अझ बढ्दै गएको अवस्थामा यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने काम समेत महत्वपूर्ण छ । यसैकारण राज्यले यस क्षेत्रलाई पछिल्लो समय निगरानीमा समेत राख्दै आएको छ ।
नेपालमा अहिले यस क्षेत्रबाट राज्यको निम्ति समेत निकै ठूलो राजस्व संकलन भएको छ । यसको अलावा अहिले नेपालमा युवाहरु अध्ययनको निम्ति विदेशिइरहेको अवस्थामा केही बर्षको अन्तरालमा पुन नेपालमा नै फर्कने र नेपालमा नै अवसरहरु सृजना गर्ने क्रममा नेपालमा यस क्षेत्रले पु¥याउने योगदान निकै नै महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।

हामीले इक्यानले गर्नुपर्ने कामहरु ः
इक्यानको अबको कार्यसमितिले अहिले रहेको कार्यालयलाई व्यवस्थित गर्नको निम्ति विशेष पहल गर्नुपर्ने आवश्यकता छ । नेपालका युवाहरु अध्ययनको निम्ति अबका दिनमा कुन मुलुकमा जानु उपयुक्त हुन सक्छ भन्ने कुरामा समेत विशेष ध्यान दिँदै सोही बमोजिमका नयाँ गन्तव्यको खोजी गर्ने कार्यमा समेत इक्यानको विशेष भूमीका रहनेछ । त्यसै बमोजिम ती देशहरुको निम्ति अध्ययन गर्न जाने युवाहरुलाई कस्तो दक्षताको आवश्यकता पर्छ, सोही बमोजिम हाल नेपालका युवाहरुलाई प्रशिक्षित गर्ने काम समेत इक्यान मातहत हुँदै आएको र अझ प्रभावकारी रुपमा अघी बढाउनुपर्ने आवश्यकता छ ।
प्रभावकारी समन्वयनको निम्ति पहल गर्न तत्पर ः
नेपालमा अहिले पनि शैक्षिक परामर्शदाताहरुको हकहितको निम्ति काम गर्ने विभिन्न संघसंस्थाहरु अस्तित्वमा छन्, ती सबै संस्थाहरु बीचको सम्बन्धलाई सुमधुर बनाउँदै र व्यावसायिक हकहितको निम्ति राज्यसँग लबिङ गर्ने क्रममा पनि सबैलाई सम्बोधन गर्न सकिने किसिमले समन्वयनकारी भूमीका निर्वाह गर्न आफूले विशेष पहल गर्ने बस्नेतको अर्को महत्वपूर्ण योजना हो ।
संघीय संरचनामा लैजाने पहल आवश्यक ः
आगामी दिनमा इक्यानलाई देशका सबै क्षेत्रमा पुर्याउनको निम्ति संघीय मोडल बमोजिम अघी बढ्नुपर्ने आवश्यकता छ । नेपालमा युवाहरुलाई इक्यानका गतिविधिहरु बारे जानकारी दिनको निम्ति सूचनाप्रविधिको प्रयोगमा विशेष जोड दिँदै एप्सको मार्फतबाट संस्थाका सूचनाहरुको पहुँच विस्तार गर्नको निम्ति विशेष पहल गर्ने प्रतिवद्धता बस्नेतले जनाएका छन् ।
सरोज कुमार बस्नेतलाई मत किन ?
बस्नेत नेतृत्वको यो प्यानल विशुद्ध व्यावसायिक प्यानल हो । यसमा सबै जाती, वर्ग, समुदाय र राजनीतिक आस्थाका व्यक्तिहरुलाई समेटिएको छ । ‘हामी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेपनि हाम्रो अन्तिम उद्धेश्य भनेको व्यावसायिक हकहित नै महत्वपूर्ण कुरा हो’ बस्नेतले भने ।
आर्थिक पारदर्शिता ः
इक्यानले पछिल्लो समय आर्थिक नियमावली व्यवस्था गरेको छ । आर्थिक पारदर्शितामा विशेष सतर्क रहँदै आगामी दिनमा यस संस्थाको आर्थिक पक्षमा विशेष सजगता ल्याउने समेत बस्नेतले बताएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: