‘तारकेश्वर शिक्षा सरोकार समाज’काे नगरपालिका स्तरीय अन्तरक्रिया सम्पन्न


सुरेश अधिकारी

तारकेश्वर क्षेत्रमा सञ्चालित सबै किसिमका विभिन्न फोरमहरुमा समेटिएका विद्यालयहरुलाई एकमुष्ट रुपमा समेट्ने र तारकेश्वर क्षेत्रलाई शिक्षाको उर्वर भूमीको रुपमा विकास गर्ने उद्धेश्यले भर्खर मात्रै स्थापना ‘तारकेश्वर शिक्षा सरोकार समाज’ स्थापना गरिएको छ ।

अघिल्लो महिना मात्र दतर्थ समितिको रुपमा स्थापना भएको यस संस्थाले तारकेश्वर क्षेत्रमा सञ्चालित विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, नगर प्रमुख तथा शिक्षाका सरोकारवालाहरुको व्यापक उपस्थितिमा एन्जल हार्टस् स्कुलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त अन्तरक्रिया तारकेश्वर क्षेत्रको शिक्षाको कार्यविधि कस्तो बन्दैछ, यसै यसमा निजी क्षेत्रका शैक्षिक संस्थाहरुको धारणा के हुन सक्छ ? भन्ने सम्बन्धमा केन्द्रित थियो ।
उक्त कार्यक्रमको निचोडको रुपमा नगरपालिका भित्र सार्वजनिक र निजी साझेदारीमा नै यस क्षेत्रको शिक्षाको गुणस्तर माथि उठाउन पहल गरिने अभिव्यक्ति नगर प्रमुख रामेश्वर बोहोराले विद्यालय सञ्चालकहरुलाई दिनुभएको छ ।
निजी शिक्षाका प्रतिनिधिहरुले शैक्षिक नीति तथा कार्यक्रमहरु तय हुने क्रममा निजी क्षेत्रको प्रतिनिधित्व समेत हुनुपर्ने कुरामा ध्यानाकर्षण गराएको तारकेश्वर शिक्षा सरोकार समाजका उपाध्यक्ष तथा युरेका हाइ स्कुलका प्रिन्सिपल सुरेश अधिकारीले सेतोघरसँगको संक्षिप्त प्रतिक्रियाको क्रममा बताउनुभएको छ ।

हाल तारकेश्वर शिक्षा सरोकार समाज १३ जनाको कार्यसमिति तथा ५ सदस्यीय सल्लाहकार समितिको रुपमा स्थापना भएको हो । तारकेश्वर क्षेत्रका सबै विद्यालयलाई बिना भेदभाव समेट्नुपर्छ भन्ने योजना बमोजिम तारकेश्वर शिक्षा सरोकार समाज स्थापना गरिएको हो ।

पछिल्लो समय शहर केन्द्रित नगरपालिकाको रुपमा रहेको तारकेश्वर क्षेत्रमा अहिले विद्यालयहरु खुल्ने क्रम बढेको छ । यस क्षेत्रमा पछिल्लो समय विद्यालयहरुले पूर्वाधार विकासमा समेत विशेष केन्द्रित भएको पाइन्छ ।
पछिल्लो समय तारकेश्वर क्षेत्रका सामुदायिक विद्यालयहरु समेत निजी सँगको प्रतिष्पर्धामा कमजोर हुनुहुँदैन भन्ने मान्यता बमोजिम अघी बढेको समेत अधिकारीले बताउनुभएको छ । साथै तारकेश्वर क्षेत्रका बालबालिकालाई आवश्यकता बमोजिम विद्यालयहरुबाट एकीकृत रुपमा समेट्ने गरी यहाँका विद्यार्थी बाहिर जानुनपर्ने व्यवस्था गर्न आफूहरु लागिरहेको अधिकारीले बताउनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: