गैँडहवा गाउँपालिकाले गर्यो कृति बिमोचन


भैरहवा। नयाँ वर्ष २०७५ सालको शुभ अवसरमा गैँडहवा गाउँपालीकाले सुर्यपुरा बहुमुखी क्याम्पसमा व्यक्तित्व भावना कृतिको बिमोचन गरेको छ ।

साविक सुर्यपुरा मा.वि. का संस्थापक शिक्षक तीर्थ प्रसाद उपाध्यायको व्यक्तित्व भावना नामक कृति हाल सुर्यपुरा बहुमुखी क्याम्पसमा गैँडहवा गाउँपालीकाका अध्यक्ष बच्छुलाल केवट तथा प्राज्ञ बूँद रानाले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

गैँडहवा गाउँपालीकाको आयोजना तथा सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देही र लुम्बिनी क्षेत्र निजामति कर्मचारी समाजको सहकार्यमा भएको कृति बिमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्दै प्राज्ञ बूँद रानाले ८२ बर्षिय तीर्थ प्रसाद उपाध्यायले कृति प्रकाशन गरेर यस क्षेत्रलाई पुण्य बनाएको बताएका थिए ।

गैँडहवा गाउँपालीकाका अध्यक्ष बच्छुलाल केवटको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ठ अतिथि पूर्व स्थानिय विकास अधिकारी मणि कुमार ज्ञवालीले स्थानिय सरकार धेरै पावरफुल भएकाले सहि र उपयोगि नीति बनाउन आग्रह गरे । लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष क्रषि आजादले कृतिको समिक्षा व्यक्त गर्दै भाषा शैलिले पुस्तकलाई उज्यालो बनाएको बताउँदै कृतिले समाजमा आदर्शवादी सन्देश दिएको बताए ।

छन्दवादी समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष कविराज पौडेलले सार्थक जीवन छोडेकाले कृतिकार अमर भएको बताए । वडा नं २ का वडा अध्यक्ष तुल बहादुर पुनले कृतिकारले कृति निकालेर अमर भएकाले उहाँ मरेर गए पनि कृति अमर भइरहने विचार व्यक्त गरेका थिए । कार्यक्रममा उक्त क्याम्पसका पूर्व शिक्षक यज्ञलाल सुवेदि, स्थानिय समाजसेवि तुल्सीराम यादव, नव दुर्गा मा.विका प्राध्यानाध्यापक पारस नाथ केवट लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नं १का वडा अध्यक्ष प्रदिप चौधरी, ३ का अध्यक्ष राम ओधार यादव, ४ का सुकेन्द्र सिंह कुर्मि, ५का कृष्ण शंकर गुप्ता, ६का राम बिलास यादव, ७का गोबिन्द कोहार,८का भुवन ब.राना, ९का टेक ब. बराल, सिसासका सचिव शशि पन्थी, समाजसेवि सर्वजित बरई लगायतको उपस्थीति रहेको थियो । गाउँपालीकाका लेखापाल तथा कार्यक्रम संयोजक जनार्दन लोधको स्वागत मन्तव्य तथा सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष सुवास रिजाल यात्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: