सुरुङमार्ग ब्रेक थ्रु , राजधानीवासीलाई दसैं उपहार मेलम्चीको पानी



सिन्धुपाल्चोक । सुरुङमार्गको ब्रेक थ्रुसँगै राजधानीवासीको मेलम्चीको पानी पिउने सपना पूरा हुनेभएको छ । मेलम्ची खानेपानी आयोजना अन्र्तगत २६ किलोमिटरमध्ये साढे ७ किलोमिटर सिन्धु ग्याल्थुमखण्डको उपराष्ट्रपति नन्दबहादुर पुनले ब्रेक थ्रु भएको घोषणा गरेका छन् । सुरुङमार्गको कार्य सकिएलगतै अब मेलम्चीको सपना पूरा हुने दिशातर्फ अघि बढेको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मेलम्चीको पानी ढिलोमा दसैंसम्म राजधानीवासीको धाराबाट खस्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले दाबी गरे । हामी साउनभित्र सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी खसाल्ने योजनामा छौं, लगतै धारामा पानी वितरण हुन्छ,’ ब्रेक थ्रुपछि उनले उत्साही हुँदै भने ।

सिन्धु अडिटमार्गबाट साढे ७ किलोमिटर सुरुङ हुँदै उपराष्ट्रपति पुन, खानेपानीमन्त्री बिना मगरलगायतको टोली ग्याल्थुम अडिटमार्गमा निस्केका थिए । उपराष्ट्रपति पुनले राजधानीवासीको सपना अब पूरा हुने क्रममा रहेको बताए ।

खानेपानीमन्त्री बिना मगरले दिनरात नभनी साउनभित्र मेलम्चीको पानी राजधानी लैजाने कार्यमा अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिइन् । ‘दिनरात नभनी साउनभित्रै काठमाडौंमा पानी खसाल्ने हो,’ मन्त्री मगरले भनिन् । स्थानीयलाई दिनुपर्ने लेबीलगायतका अन्य सुविधा दिनका लागि आफूहरू तयार भएको प्रतिबद्धता उनले व्यक्त गरिन् । ‘तपाईंहरूले स्वच्छ खानेपानी दिनुभएको छ यस क्षेत्रको विकासका लागि सरकारले विशेष सहयोग गर्छ,’ मन्त्री मगरले भनिन् ।

कानुनमन्त्री शेरबहादुर तामाङले यस क्षेत्रको प्राकृतिक स्रोत उपभोग गरेबापत राजधानीले पनि सिन्धुपाल्चोकको हरेक विकासका अभियानमा प्राथामिकता दिनुपर्नेमा जोड दिए । कानुनका कमजोरीसमेत औंल्याउँदै राष्ट्रिय गौरवका आयोजनामा समस्या भएको बताउँदै मन्त्री तामाङले अब ठूला आयोजनामा समस्या नहुनेगरी कानुन संशोधन गर्ने बताए ।

सन् २०१० बाट मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने कामको औपचारिक सुरुवात भएको थियो । चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि सो कम्पनीले बीचमै काम छाडेपछि आयोजनाले इटालियन सीएमसी कम्पनीलाई सुरुङमार्ग खन्ने कामको जिम्मा दिएको थियो ।

प्हिलो चरणको काम निर्माण सम्पन्न हुँदा २७ अर्ब ७६ करोड लाग्ने आयोजनाले जानकारी दिएको छ । हालसम्म २४ अर्ब २२ करोड रुपैयाँ सकिसकेको छ । मुहानस्थल अम्बाथानमा अस्थाई ‘ड्याम’ निर्माण गरेर सुन्दरीजलमा निर्माण गरिएको साढे ८ करोड लिटरको पानी प्रशोधन केन्द्रमा पानी हाल्ने आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य दाता एसियाली विकास बैंकले मेलम्ची दोस्रोका लागि पनि लगानी गर्न सकारात्मक भएको प्रतिक्रिया दिएको छ । एडीबीका निर्देशक हुम किनले मेलम्ची पहिलोले मात्रै राजधानीवासीलाई खानेपानी पर्याप्त नभएकाले दोस्रो आयोजना पनि छिट्टै सुरु गर्नुपर्ने बताए ।

‘दोस्रो आयोजनालाई पनि निरन्तरता दिन हामी सकारात्मक छौं,’ उनले भने । मेलम्ची आयोजना इन्जिनियरिङका हिसाबले निकै जटिल आयोजना भए पनि सबैको साथले आयोजना अब पूरा हुने दिशामा अघि बढेको उनले बताए । मेलम्चीको पानी काठमाडौ पुगेपछि यांग्री र लार्के मुहानबाट पानी ल्याएर अम्बाथानमा मिसाउने आयोजनाले तयारीको गरेको छ ।

साढे सात किलोमिटर सुरुङमार्गबाट दुवै मुहानको पानी अम्बाथानको ड्याममा मिसाउने आयोजनाको तयारी छ । यसका लागि आयोजनाले डीपीआर सुरु गरिसकेको छ ।‘दोस्रो आयोजनालाई पनि निरन्तरता दिन हामी सकारात्मक छौं,’ उनले भने । मेलम्ची आयोजना इन्जिनियरिङका हिसाबले निकै जटिल आयोजना भए पनि सबैको साथले आयोजना अब पूरा हुने दिशामा अघि बढेको उनले बताए ।

मेलम्चीको पानी काठमाडौ पुगेपछि यांग्री र लार्के मुहानबाट पानी ल्याएर अम्बाथानमा मिसाउने आयोजनाले तयारीको गरेको छ । साढे सात किलोमिटर सुरुङमार्गबाट दुवै मुहानको पानी अम्बाथानको ड्याममा मिसाउने आयोजनाको तयारी छ । यसका लागि आयोजनाले डीपीआर सुरु गरिसकेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: