एन्जल्स स्पोर्टस् समर क्याम्पमा अफरैअफर, क्षमतावान्लाई निःशुल्क सिकाइने


तारकेश्वरको मनमैजु क्षेत्रमा भर्खर मात्रै सञ्चालनमा आएको छ एन्जल स्पोेर्टस् एण्ड रिक्रिएसन सेन्टर । एन्जल मिसन गु्रप अन्तरगत नयाँ सदस्यको रुपमा स्थापित यस एन्जल स्पोर्टस्ले हाल एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी समर क्याम्प कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एन्जल्स स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरको समर क्याम्प अन्तरगत सञ्चालित कार्यक्रममा विशेष अफर समेत ल्याइएको छ । सामान्यतया प्रशिक्षार्थीलाई खेलकुदमा सहभागि हुन ४ हजार ५ सय रुपियाँ शुल्क तोकिएकोमा समर क्याम्पको निम्ति भने छुट सहित ३ हजार ६ सय रुपियाँ शुल्क तोकिएको छ । त्यसै शुल्क अन्तरगत नै खेलाडीलाई टिशर्ट, एन्जल्स मार्टको छुट भौचर, एन्जल हर्ट स्कुल तथा कलेजमा विशेष छात्रवृत्ति लगायतका कार्यक्रमहरु समेत ल्याइएको छ । यसको साथै राम्रो तवरले खेल्न चाहने क्षमतावान् व्यक्तिहरुलाई पैसाकै कारण खेलकुदबाट बञ्चित गर्न नहुने मान्यता बमोजिम निःशुल्क रुपमा समेत सिकाउन सकिने एन्जल्स स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापाले बताउनुभएको छ ।

क्रिकेट, फुटबल र बास्केटबल क्षेत्रलाई माथि उठाउनको निम्ति निजी क्षेत्रबाट महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने मान्यता बमोजिम स्थापित एन्जल स्पोट्सलाई अलग पहिचान सहित मल्टि स्पोर्ट सेन्टरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

के के छन् एन्जल्स स्पोर्टस्मा ?
शुरुवाती चरणमा क्रिकेट, फुटबल र बास्केटबल लगायतका खेलहरु हाल सञ्चालनमा ल्याइएकोमा आगामी दिनमा भने एन्जल्स स्पोट्स अन्तरगत स्वीमिङ पुल, कवर्ड हल (बास्केटबल, भलिबल लगायत) को साथै पुर्ण सुविधा सम्पन्न खेलकुद तथा व्यायाम केन्द्रको रुपमा यसलाई विकास गरिनेछ । यसबाट खेलकुद क्षेत्रलाई माथि उठाउनको निम्ति महत्वपूर्ण योगदान मिल्नेछ ।

नेपालमा खेलकुदको सम्भावना निकै राम्रो रहेको र खेलकुदको निम्ति आफूहरुले महत्वपूर्ण योगदान दिन सकिने मान्यताले आफूहरु स्थापना भएको कारण आगामी दिनमा यसलाई विशेष महत्वको साथ अघी बढाउँदै अधिकांश नेपालीहरुमा खेल प्रतिको रुचि र चाहना जगाउन एन्जल स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएसन सेन्टरको विशेष महत्वपूर्ण योगदान रहने समेत एन्जल स्पोर्टस्का अध्यक्ष खिम थापाले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउनुभएको छ । आफूहरुले अहिले विशेष योजनाको साथ शुरु गरेको खेलकुद यात्रालाई केही बर्षमा नै ओलम्पिक यात्रा हुँदै वल्र्ड कप सम्म जोड्न सफल हुने आफूहरुको योजना रहेको समेत थापाले बताउनुभएको छ ।

 

एन्जल्स स्पोर्ट्सको समर क्याम्प अन्तरगत हाल क्रिकेट र बास्केटबल लगायतका खेलहरु सञ्चालनमा छन् । तत्काल समर क्याम्प अन्तरगत आधारभूत तहका प्रशिक्षणहरु सञ्चालन गर्ने साथै पिपुल इन्टरेष्टको आधारमा थप कार्यक्रम समेत ल्याउने योजनामा आफूहरु रहेको क्रिकेटका वरिष्ठ प्रशिक्षक सुनोज भट्टराईले बताउनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: