मैले घुँडा टेकें भने………………..


मैले घुँडा टेकें भने

समयलेले थुक्छ होला ?

 

लजाएर त्यसै त्यसै

हिमालय झुक्छ होला ?

 

भुलिदेऊ भन्छौ तिमी

पुराना ती दिनहरू !

 

मुहान नै थुनेपछि

नदी पनि सुक्छ होला ?

 

इतिहास हटाएर

के मा वाँच्छ वर्तमान ?

 

त्यस्तो हटाउन मिले

याद किन दुख्छ होला ?

 

सिक्ने इतिहासमा हो

सोच्ने वर्तमानमा हो !

 

नत्र भविष्यको यात्रा

यहीं ठप्प रुक्छ होला ?

 

केही मान्छे देखेपछि

यस्तो सोच्छ बलराम ।

 

कुकुर त भुक्यो वरा

मान्छे किन भुक्छ होला ?

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: