नबिल र एसबीआईले बेतन कर्णालीको २५ अर्ब ऋण जुटाउने



काठमाडौं । बेतन कर्णली जलविद्युत् आयोजनाको लागि नबिल बैंक र एसबीआई बैंकले अन्य बैंकसँग सहकार्य गरी आंशिक लगानी जुटाउने भएका छन् । यी दुई बैंकको नेतृत्वमा आायेजनका लागि आवश्यक ४९ अर्ब रुपैयाँ ऋणमध्ये २५ अर्ब रुपैयाँ जुटाइने भएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा २५ अर्ब रुपैयाँ स्रोत जुटाउन कर्मचारी सञ्चय कोष, नबिल बैंक र एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौतामा कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशाशक,दीपक रौनियार, नेपाल एसबीआई बैंकका प्रबनध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे ।

समझदारीपत्रअनुसार यी दुई बैंकले बैकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्नेछन् । परियोजनाका लागि वित्तीय स्रोत जुटाउने जिम्मेबारी कमृचारी सञ्चय कोषले पाएको छ ।

आयोजनाका लागि करिब ७० अर्ब रुपैयाँ कूल लागत आवश्य रहेको छ । जसमध्ये २१ अर्ब रुपैयाँ सेयर पुँजीबाट उठ्ने भएपनि बाँकी ४९ अर्ब रुपैयाँ ऋण व्यवस्थापन गर्नुपर्ने हुन्छ । विस्तृत परियोजना प्रतिवेदनपछि मात्र कूल लागत निश्चित हुनेछ । आयोजनामा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको अधिकांश सेयर लगानी रहेको कोषले जनाएको छ ।
बृतन कर्णली जलविद्यूत् आयोजना सुर्खेतको बेतन भन्ने स्थानमा अवस्थित छ । कम लागतमा विद्युत् उत्पादन गर्नेलक्ष्य अनुसार आयोजना साढे ५ लाख सञ्चयकर्ता कर्मचारीको योगदानबाट निर्माण सुनिश्चित रहेको कर्मचारी सञ्चय कोषले जनाएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बेतन कर्णली सञ्चयकर्ता हाइड्रपावर कम्पनीका अध्यक्ष तथा कर्मचारी सञ्चयकोषका सञ्चालक प्रा. डा. डिल्लीराज शर्मालगायत दुई बैंकका उञ्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

बेतन कर्णली जलविद्यूत् कम्पनीको अधिकृत पुँजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा कोषमा रकम जम्मा गर्ने कर्मचारीको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी कर्मचारी सञ्चय कोषको २५ प्रतिशत, नेपाल विद्यूत् प्राधिकरणको १० प्रतिशत, विद्यूत् उतपादन कम्पनीको १० प्रतिशत र बााकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्ला रअति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: