डीपीएल–२ को फाइनलमा काठमाडौं र धनगढी भिड्ने



काठमाडौं । काठमाडौं गोल्डेन्स सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) फाइनलमा प्रवेश गरेको छ । बिहीबार (आज) भएको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

१४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १८.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । काठमाडौंको जितमा ओपनर सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरे । उनले विष्टफोटक ब्याटिङ गर्दै डीपीएलमा सर्वाधिक छिटो अर्धशतक बनाएका थिए । उनले १८ बलमा ५२ रन बनाए । त्यस्तै, काठमाडौंका लागि अमित श्रेष्ठले २६ र कप्तान ज्ञानेन्द्र मल्लले अविजित २५ रन बनाए भने भुपेन्द्र थापाले १५ रन बनाए ।

यता बलिङतर्फ पुनित मेहेराले २ विकेट लिए । यसअघि कुनै बेला नाजुक अवस्थामा पुगेको महेन्द्रनगरले सम्हालिँदै निर्धारित २० ओभरमा ९ विकेको क्षतिमा १४२ रन बनाएको हो । १० रन हुँदा महेन्द्रनगरले ६ विकेट गुमाएको थियो । तर महेन्द्रनगरका लागि आरिफ शेख र पुनित महेराले उत्कृष्ट साझेदारी गर्दै उकासेका थिए । आरिफ र पुनितले ८५ रनको पार्टनरसिप खेले ।

महेन्द्रनगरका लागि पुनितले ५८ रन बनाए । त्यस्तै, आरिफले ४३ रन बनाए । यता, करण केसीले विष्फोटक ब्याटिङ गर्दै १२ बलमा २१ रन बनाए भने पुनित विष्टले ७ रन बनाए ।

महेन्द्रनगरका ४ खेलाडीले मात्रै रन बनाउँदा ५ जना खेलाडी भने शून्य रनमा नै आउट भए । कप्तान विनोद भण्डारी, आसिफ शेख, रोहित कुमार पौडेल, हरिशंकर शाह र भुवन कार्की जस्ता अग्रपंक्तिका ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए ।

काठमाडौंका लागि सन्नी पटेलले सर्वाधिक ६ विकेट लिँदै डीपीएलमा एकै खेलमा सर्वाधिक विकेट लिने कीर्तिमान कायम गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर १० रन दिदै ६ विकेट लिए ।

उपाधिका लागि शुक्रबार काठमाडौंले टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: