दु:खको मझेरी झै भएको छ जिन्दगी :बिपना श्रेष्ठ


आँसुहरु थिए ती बगेर गए,
साराका सारा सपनाहरु मुर्त नभर्इ हराइ गए ।

बिपना श्रेष्ठ

भिजेका परेली
भोकाएको प्यासी मन
दुखिरहन्छ पलपल ।
र त जिन्दगी दु:खको मझेरी झै भएको छ
बाँकी छन्
केवल चुकेका चाहना बाँकी छन्
टुटेका भावना बाँकी छन् ।
जन्मलाई भविष्यको उकालीमा जोडेको थिए
जीवनसँगै गन्तव्य कोरेको थिए ।
जिन्दगी अपुरो..कहानी अधुरो
ति मेरा बिहानी पनि त
अधुरो नै रहयो नि !
मनले आफैँलाई धिक्कार मान्न थाल्यो
जीवन आफैँलाई बेकार लाग्न थाल्यो
लेख्दा लेख्दै भाग्य मेरो
मसिको कमिले
दुख मात्रै
थोरै सुख लेखेनन् सायद भावीले ।
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: