दुनियाँको कुनै पनि देशले अनेरास्ववियुको बिश्लेषण गर्छ : खिमलाल भट्टराई


भैरहवा । राष्ट्रिय सभा सदस्य खिमलाल भट्राईले देशको सबैभन्दा ठूलो बिद्यार्थी संगठन अनेरास्ववियु भएको हुनाले दुनियाँको कुनै पनि देशले अनेरास्ववियुको विश्लेषण गर्ने बताएका छन् ।

अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका खिमलाल भट्राईले अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै एउटा गतिशिल संगठन जसले लाखौँ बिद्यार्थीहरुको अभिभावक भएर बिगतमा विद्यार्थी आन्दोलन निर्णायक बिन्दुमा पुर्याउन ऐतिहासिक भुमिका खेलेको चर्चा गर्दै राजतन्त्रको जरा उखेल्न देखि गणतन्त्र स्थापनाका निम्ती महत्वपूर्ण भूमिका खेलेको हुनाले देशको सबै भन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको दुनियाँले चर्चा परिचर्चा र विस्लेषण गर्ने प्रस्ट पार्दै आगामी दिनहरुमा शैक्षिक क्षेत्र व्यापक सुधारमा अनेरास्ववियु लाग्ने बताएका थिए ।

भट्राइले देशको समसामयिक राजनैतिक अबस्थाको चर्चा गर्दै अब नेपाली कांग्रेसले वि.पि.कोइराला, गणेशमान सिहं,कृष्ण प्रसाद भट्राई र गिरिजा प्रसाद कोइरालाको इतिहास रटेर तिनै भजन गाएर केहि नहुने चर्चा गर्दै अब नेपाली जनताले नेकपा एमालेको कांधमा एमालेका अध्यक्ष केपि ओलीको कांधमा देश गएको हुनाले देश समृद्धि तर्फ अंगाडि बढ्ने चर्चा गर्दै भने, हामी बैशाख १ गते कर्णाली बाट उद्घोष गर्दैछाैं, कर्णालीका जनता सिटामोल नपाएर मर्नु पर्ने स्थीति अब हुने छैन, जाडोले कठ्याङ्ग्रिएर कोहि मर्नुपर्ने छैन ।

नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान, पुरस्कार वितरण तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भित्ते पात्रो बिमोचन कार्यक्रमका विशिष्ठ अतिथि अनेरास्ववियुका केन्दीय महासचिव ऐन महरले अ‍ेरास्ववियुले अंगाडी सारेको शैक्षिक लोन पूर्ण कार्यान्वयन गराउन अनेरास्ववियु शसक्त ढंगले लाग्ने बताएका थिए ।

महरले अबका आन्दोलको स्वरुप परिवर्तन हुने बिद्यार्थीले रचनात्मक प्रतिस्पर्धा र शैक्षिक विकासलाई जोड दिने बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा विद्यार्थी इञ्चार्ज बाबुराम पन्थीले अनेरास्ववियुले बिद्यार्थी आन्दोलनमा खेलेको भुमिका स्वर्ण अक्षरले लेखिने बताएका थिए । अर्का अतिथि वक्ता प्रेस चौतारी नेपालका जिल्ला कोषाध्यक्ष नरेश के.सि.ले अब अनेरास्ववियु ताला बन्दी गर्ने र टायर बाल्ने होइन रचनात्मक क्रियाकलापमा नेतृत्वदायी भुमिका खेल्दै बिद्यार्थीहरु समृद्ध नेपाल बनाउने अभियानमा लाग्ने विश्वास व्यक्त गरेका थिए । भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले अबका दिनहरुमा विद्यार्थी संगठनहरुले रचनात्मक क्रियाकलाप संगै शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सरोज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं ३ का संयोजक हित राज पन्थी, अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष लेखनाथ खनाल, पूर्व अध्यक्ष बाल कृष्ण पाण्डे, प्रगतिशिल प्राध्यापक संगठन भैरहवा बहुमुखि क्याम्पसका अध्यक्ष प्रकाश भट्राई, नेकपा एमाले सिद्धार्थ नगर कमिटि सदस्य तथा युवा सह इञ्चार्ज चक्र बहादुर थापा, नगर कमिटि सदस्य तथा विद्यार्थी इञ्चार्ज प्रकाश पाण्डे, सिनपा वडा नं ३ का वडा अध्यक्ष थानेस्वर पाण्डे, युवा नेता कुमार गुरुङ, अनेरास्ववियुका जिल्ला सदस्य हिमाल बस्याल लगायतको उपस्थिती रहेको थियो । पूर्व जिल्ला कमिटि सहसचिव लक्ष्मी केसीको स्वागत मन्तव्य क्षेत्र नं ३ का अध्यक्ष झक बहादुर आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: