पद्दमोदय मोडबाट अब बर्षैभरी जुत्ता प्रदर्शनी मेला चल्ने, उपभोक्तालाई मिल्नेछ लाभ


नेपालका चर्चित ब्राण्डका जुत्ताहरु स्मार्ट शुज, भेनस शुज, सम्राट शुज, केटीएम शुज, फुट स्टेप लगायतका जुत्ताहरु अब पुतलीसडक स्थित पद्दमोदय क्याम्पस मोडमा उपलब्ध हुने भएका छन् ।

जीवन श्रेष्ठ, अध्यक्ष, भेनस शुज

काठमाडौंको मुख्य केन्द्रमा रहेको पुतलीसडक स्थित पद्दमोदय मोडको जुत्ता प्रदर्शनी तथा बिक्री केन्द्रबाट ग्राहकहरुलाई थप विश्वास र सहजताको साथ जुत्ता प्राप्त गर्न सक्ने अपेक्षा साथ जुत्ता केन्द्र सञ्चालनमा ल्याइएको हो । यसबाट ग्राहकहरुले समेत आफूलाई आवश्यक परेको समयमा आफ्नो चाहना बमोजिमका जुत्ताहरु सुलभ दरमा प्राप्त गर्न सक्नेछन् । स्कुल तथा कलेज शुज, पार्टी शुज, स्पोर्ट शुज लगायतका सबै किसिमका जुत्ताहरु यहाँबाट उपलब्ध हुनेछन् ।
यस जुत्ता केन्द्रबाट नेपाली गुणस्तरीय जुत्ताहरु वारेन्टी सुविधा सहित प्राप्त गर्न सकिनेछ ।

पद्दमोदय मोडमा जुत्ता बिक्री तथा प्रदर्शनी केन्द्र स्थापना भएसँगै यसबाट उपभोक्ताहरुले विशेष लाभ लिन सक्नेछन् ।
स्वदेशी श्रम र पुँजीको उपयोगबाट निर्माण भएका आधुनिक नयाँ डिजाइनका यी जुत्ताहरु प्राप्त गर्न अब मेला नै कुनुपर्ने वा कम्पनी नै खोज्दै जानुपर्ने अवस्था ग्राहकलाई रहनेछैन । कम्पनीले उपलब्ध गराउने सबै किसिमका विक्री पछिका सेवाहरु अब ग्राहकले सहजै पाउन सक्नेछन् ।

आफूहरुले भृकुटीमण्डपमा मेला आयोजना गर्दा समेत फ्रेस जुत्ताहरु नै बिक्री गर्दै आएको र यसबाट उपभोक्ताहरुमा समेत आफूले उपलब्ध गराउने जुत्ताहरु गुणस्तरीय जुत्ताहरु नै हुने बुझिसकेको र बजार विस्तारमा समेत थप सहयोग मिल्ने गरेको भेनस शुजका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभएको छ । आफूहरुले पहिले नै उपभोक्ताको मन जित्न सफल रहेको कारण आफ्ना उत्पादनहरुको माग बढिरहेको समेत ऊहाँले बताउनुभयो ।

पद्दमोदय मोडमा सञ्चालनमा आएको जुत्ता विक्री तथा प्रदर्शनी केन्द्रबाट शोरुम भन्दा सस्तो मूल्यमा नै अर्थात फ्याक्ट्री मूल्यमा नै जुत्ता प्राप्त गर्न सकिने समेत भेनस शुजका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: