बजार हिस्सा बढाउने योजनामा दुप्चेश्वरी वेकरी उद्योग


राजन पौड्याल, सञ्चालक, दुप्चेश्वरी वेकरी उद्योग

विगत २ बर्ष देखि सञ्चालनमा आएको दुप्चेश्वरी बेकरी उद्योग तारकेश्वरको डाँडागाउँमा सञ्चालित छ । हाल यस कम्पनीले विभिन्न बेकरीजन्य वस्तुहरु उत्पादन गर्दै आएको छ । यस उद्योगबाट उत्पादित वेकरीजन्य सामानहरु काठमाडौंका अधिकांश डिपार्टमेन्टल स्टोरहरुबाट विक्री हुने गरेको छ ।
तारकेश्वर क्षेत्रमा राम्रो बजार हिस्सा ओगट्न सफल यस कम्पनीबाट उत्पादित वेकरीजन्य सामानहरु हाल कालिमाटी, क्षेत्रपाटी, सामाखुसी लगायतका क्षेत्रमा समेत विक्री भइरहेको उद्योगका सञ्चालक राजन पौड्याल बताउँछन् ।

हाल करिब २५ लाख रकम लगानी भएको यस उद्योगमा १३ जना व्यक्तिहरु विभिन्न भूमीकामा कार्यरत छन् । बजारमा प्रतिष्पर्धा बढी नै भएपनि आफूहरुले गुणस्तरमा विशेष ध्यान दिएको कारण बजार बिस्तार सहज भएको र उपभोक्ताहरुले आफ्ना प्रडक्टहरुलाई रोजाईमा पार्ने गरेको वेकरीका सञ्चालक राजन पौडेल बताउँछन् ।

विगत लामो समय देखि वेकरी तथा डेरी क्षेत्रमा काम गरी अनुभव बटुलेका पौडेल नेपालमा हाल यस व्यवसायमा रहेर काम गर्ने क्रममा आफूले धेरै कुरा सिक्न सकेको र सोहीबमोजिम आफैंले बेकरी उद्योग सञ्चालन गरेको बताउँछन् ।

पारिवारिक व्यवसायको रुपमा शुरुवात :
कुनै काम गर्नुपर्दा काठमाडौंमा जग्गा भाडामा लिएर व्यवसाय गर्नु आवश्यक छ । सोहीबमोजिम नुवाकोटका स्थायी बासिन्दा रहेका पौडेलले पनि पारिवारिक व्यवसायको रुपमा शुरु गरेको यो उद्योग डाँडागाउँमा जग्गा भाडामा लिएर नै चलाएका हुन् ।
अहिले यस उद्योगबाट प्रतिफल पनि सोही बमोजिम प्राप्त हुन सकेको छ । यसमा पौडेल सन्तुष्ट छन् । आफ्नै परिवारका ४ भाई र ऊहाँका श्रीमतीहरु तथा छोराछोरीहरुको निम्ति स्वरोजगार व्यवसायको अलावा अन्य ७-८ जनालाई समेत रोजगार दिन सफल यस उद्योगलाई परिस्थितिले साथ दिएमा अझ क्षमता अभिवृद्धि गर्ने र बजारमा राम्रो कम्पनीको रुपमा आफ्नो उद्योग स्थापना गर्ने आफ्नो योजना रहेको राजन पौडेलले बताए ।

गुणस्तरीय वेकरी उत्पादनमा विशेष ध्यान :
खाद्य विभागले तोकेका नीति र सर्तअनुसारका वस्तुहरु नै राखेर आफूले वेकरीजन्य सामानहरु उत्पादन गर्दै आएको पौडेल बताउँछन् । आफूहरुले गाईभैंसीबाट नै उत्पादित दूध तथा घ्यूहरु नै प्रयोग गर्दै आएको कारण आफ्ना उत्पादनहरु गुणस्तरयुक्त रहेको उनले बताएका छन् ।

नयाँ ब्राण्ड :
नेपालमा अहिले पछिल्लो समय नयाँ ब्राण्डको रुपमा आफूहरुका प्रडक्टहरु बजारमा आएका भएपनि प्रतिष्पर्धात्मक बजारमा जुन अवस्थामा आफ्ना उत्पादनहरुले स्थान लिन सकेका छन्, त्यसमा आफूहरु सन्तुष्ट नै रहेको पौडेल बताउँछन् ।
आफ्ना प्रडक्टहरुबारे कुनै सुझाव वा प्रतिक्रिया भए राजन पौडेललाई सिधै ९८४३४५०३२४ मा सम्पर्क गर्न सकिनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: