फागुनन्द लिङ्देन फिल्म अवार्ड सार्वजनिक, नारायण रिजाल बने बेस्ट म्युजिक भिडियो नृत्य निर्देशक


फागुनन्द लिङ्देन फिल्म अवार्ड FLF अन्तरगत बेस्ट म्युजिक भिडियो नृत्य निर्देशक अवार्ड  डेढ दशक देखी फिल्म क्षेत्रमा संलग्न रहँदै अाएका नृत्य निर्देशक नारायण रिजाललार्इ प्राप्त भएकाे छ । झापाकाे विर्तामाेडमा सम्पन्न विशेष कार्यक्रम बीच उनलार्इ याे अवार्ड प्राप्त भएकाे हाे । 

फागुनन्द लिङ्देन फिल्म अवार्ड FlF अन्तरगत अवार्ड पाउने अन्य व्यक्तिहरुमा लिम्बु चलचित्रबाट नायक आशिष लिङदेन, नायिका नेतीफुङ आङबुङ, गायक गोबिन्द आङबुङ, गायिका मनु नेम्वाङ, संगीतकार यासेली योङहाङ, कथा लेखक सागर केरुङ, सम्पादन तर्फ पर्सुराम चौधरी तथा  छायाङ्कन तर्फ तिलक रिजाल लगायत रहेका छन् ।

यसैगरी अवार्ड प्राप्त गर्नेहरूमा संस्कृति विधामा चलचित्र ए सोमिमे, भाषामा चलचित्र लुधुङकाई अवार्ड हात पारेको छ ।  म्युजिक भिडियो तर्फ नृत्य निर्देशक नारायण रिजाल, निर्देसक लोकेन साँवा, गायक मान तबेबुङ ‘नाजम’, गायिका सुनिता थेगिम, नायक (मोडल) सविन तुम्वाहम्फे, नायीका (मोडल) निशा पोमु, सम्पादन बिरेन्द्र भाट (विपिन), छायांकन रबिन्द्र बराल लगायत समेत छन् । यसैगरी फिल्म र म्युजिक भिडियो दुबैबाट उत्कृष्ट भाषा गायक सुसन साम्सोहाङ र उत्कृष्ट संस्कृति नायक घनेन्द्र नेम्वाङ समेत अवार्डेड भएका छन् ।
बर्तमान गृहमन्त्री रामबाहादुर थापा बादल र प्रदेश न. १ का अर्थमन्त्री इन्द्र आङ्बो मौसम ज्युबाट अनावरण गरिएको FLF अवार्ड यस वर्ष बिर्तामोड स्थित अतिथि सदनमा  सम्पन्न भएकाे थियाे ।
 कार्यक्रममा नायिका निशा पोमु, गायिका मनु नेम्वाङ लगायत सोम लामा, रोशन सुवेदीले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
साहित्यकार यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
अवार्डका ज्युरी उदय सुब्बा, सोभा खजुम, धनबीर सावालाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट संगीतकार प्रेम पन्धाकलाई सम्मान गरीएको छ ।
फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लिले २०७३ साल देखी यो अवार्ड प्रदान गर्न शुरु गरेको र हरेक वर्ष नियमित रुपमा वितरण गरीने आयोजक संस्थाका प्रवन्ध निर्देशक तथा चलचित्र निर्देशक दिनेश लिङदेनले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १का अर्थमन्त्री इन्द्र आङ्बोले अवार्ड वितरण गरेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: