एन्एलपीको तेस्रो सेसन सम्पन्न, आगामी सेसन बैशाख १० बाट हुने


एनएलपी अर्थात Neuro Linguistic Programming को तेस्रो सेसन आइतबार सम्पन्न भएको छ ।
मिड भ्याली कलेज, ज्ञानेश्वरमा चैत्र ९ बाट शुरु भएको उक्त प्रशिक्षणको आयोजना ‘साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टर’ले गरेको हो ।

आफूले चाहेको उद्धेश्य प्राप्तिको निम्ति व्यक्तिमा नै सबै स्रोत र साधनहरु उपलब्ध छन्, त्यसको निम्ति विभिन्न टुल्स र टेक्निक आवश्यक छ । आफ्नो जीवनलाई व्यावहारिक बनाउनको निम्ति ती टुल्स र टेक्निकहरु सही रुपमा प्रयोग गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको यस एनएलपी कार्यक्रमको माग विश्वभर नै बढ्दै गएको छ ।
पछिल्लो समय नेपालमा पनि यस कार्यक्रम प्रति आकर्षण बढ्दै गएको छ ।

हाल सञ्चालन भइरहेको यस कार्यक्रममा नेपालमा नै रहेर विभिन्न क्षेत्रमा सफल व्यक्तिहरुको सहभागिता बढ्दो छ । तेस्रो सेसनमा सहभागि प्रशिक्षार्थीहरुले यस कार्यक्रमले आफूहरुलाई निकै नै लाभ मिलेको प्रतिक्रिया दिएका छन् ।
यस प्रशिक्षणको बारेमा शुरुमा सुन्दा अन्य कार्यक्रमहरु जस्तै यो प्रशिक्षण पनि औपचारिकतामा मात्रै सीमित रहला भन्ने अनुमानको साथ सहभागि व्यक्तिहरु समेत कार्यक्रम समापन समारोहमा भने आफूलाई निकै नै लाभ मिलेको र आफ्नो व्यवहारमा परिवर्तन ल्याएरै छोड्ने प्रतिवद्धता जारेर गरेका छन् ।


साथै कतिपयले यही कार्यक्रमलाई पुःन दोहो¥याउने बताएकाछन् भने अधिकांश यस कार्यक्रमलाई अझै गहिराईबाट बुझ्नको निम्ति जेठमा हुन लागेको एनएलपी माष्टर कोर्षमा सहभागि हुनेमा समेत प्रतिवद्धता जनाइसकेका छन् ।

एनएलपीमा के छ ?
आफ्नो दृष्टिकोण बदल्न र दृढ अठोटको र योजनाको साथ अघी बढेको खण्डमा जस्तोसुकै कठिन लाग्ने कार्य पनि सहज रुपमा पूरा गर्न सकिने र संसार प्रति हेरिने आफ्नो दृष्टिकोणलाई सकारात्मक तवरले अघी बढाउनुपर्ने सम्बन्धमा यो कार्यक्रम केन्द्रित छ ।

आगामी सेसन बैशाख १० देखि :
एनएलपीको आगामी सेसनको कार्यक्रम यही बैशाख १० बाट आयोजना हुँदैछ । मिड भ्याली कलेज, ज्ञानेश्वरमा बेलुका ५ देखि ८ बजे सम्म सञ्चालन हुने यस कार्यक्रमको शुल्क २० हजार तोकिएको छ ।

एनएलपीको उद्धेश्य :
स्वस्थ, सबल र समृद्ध नेपाल निर्माणको निम्ति सबै व्यक्तिले सबैभन्दा पहिले आफूलाई नै परिवर्तन गर्नुपर्छ भन्ने नै यो कार्यक्रमको मुख्य उद्धेश्य हो । नेपालमा पनि विगत ३÷४ बर्ष पहिले देखि यो कार्यक्रम सञ्चालन हुँदै आएको भएपनि यस कार्यक्रमलाई संगठित रुपमा भने अघी बढाउन सकिएको छैन । यद्यपि आगामी दिनमा नेपाल एनएलपी फाउन्डेसन नामक गैरनाफामूलक संस्थाको माध्यमबाट यस कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गर्ने योजना बमोजिम काम अघी बढिसकेको छ । यस अभियानमा साथ दिनको निम्ति सम्पूर्ण सरोकारवालाहरुलाई आयोजक संस्थाका संस्थापक केशव थापाले आग्रह गर्नुभएको छ ।

कार्यक्रमबारे थप जानकारी तथा रजिष्टेसनको लागि केशव थापालाई (९८५१००८५१७) सम्पर्क गर्न सकिनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: