आईपीएल : कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।

उसका लागि एवी डिभिलिर्सले ४४ थता ब्रान्डन म्याक्कुलमले ४३ र मन्दिप सिंहले ३७ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३१ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई–दुई विकेट लिए ।

जवाफमा कोलकाताले घरेलु दर्शकमाझ १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कोलकाताको जितमा म्यान अफ द म्याच बनेका सुनिल नारायनले विस्फोटक ५० रन बनाए । उनले १९ बलमा चार चौका र ५ छक्काको मद्दतले अर्धसतक बनाए ।

यस्तै कप्तान दिनेश कार्तिकले ३५ तथा नितेश रानाले २४ रन थपे । बलिङतर्फ क्रिस ओक्सले तीन तथा उमेश यादवले दुई विकेट लिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: