नेपाल वितरक संघले सार्वजनिक गर्यो bitaraknepal.com


नेपाल वितरक संघले व्यावसायिक हकहितको लागि लामो समय देखि काम गर्दै आएको छ ।

भर्खर मात्रै यस संघले सूचना प्रविधिको क्षेत्रमा समेत वितरक व्यवसायीहरुलाई सँगसँगै अघी बढाउनुपर्ने मान्यता बमोजिम bitaraknepal.com वेभसाइट सार्वजनिक गरेको छ ।

कुन वितरकले कहाँबाट कुन वस्तुको वितरण गर्दै आएको छ भन्ने बारे जानकारी पाउन यो वेभसाइट निकै सहज प्रभावकारी हुनेछ ।

शनिवार राजधानीमा एक विशेष औपचारिक कार्यक्रम आयोजना गरी उक्त वेभसाइट सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा वितरक व्यवसायीहरुको भव्य उपस्थिति रहेको थियो ।


नयाँ बर्ष २०७५ को अवसरमा प्रकाशन गरिएको क्यालेन्डर र वेभसाइट एकै साथ सार्वजनिक गरिएको हो ।
वितरक व्यवसायीहरुले प्रविधिलाई समेत सँगसँगै अघी बढाउन सके यसबाट व्यवसाय विस्तारमा समेत थप सहज हुने मान्यता बमोजिम सबै व्यवसायीहरुलाई प्रविधिमा समेत अपडेट रहनको निम्ति वितरक संघले सबै व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: