एकदेवको पाैडेलकाे कविता ‘शिक्षकको पीडा’


लामो समय देखि धुर्कोट गाउँपालिका वडा नम्बर ६ स्थित इन्दिरा माविमा शिक्षण पेशामा संलग्न रहँदैआउनुभएका एकदेव पौडेल गुल्मीको भनभने स्थित नेटाखर्कका स्थायी बासिन्दा पौडेल शिक्षण पेशामा आफूले भोगेको अनुभव कविताको माध्यमबाट यहाँ प्रस्तुत गर्नुभएको छ । प्रस्तुत छ उक्त कविता ः

कस्तो पेशा शिक्षकको हुन गयो हुने सबैको हेला
देशै हाँक्ने कलम चलाउने पनि ती हुन् गूरुकै चेला ।

आफैं जलीदियो शरीर जताततै छर्छन् उज्यालो पनि
भन्छन् समाजमा यी माष्टरहरु हल्लेर खाए भनी ।

भ्रष्टाचार गरी गरीबहरुले त देशै सिध्याए बरु
स्वाभिमानी इमान्दारी भनुँ सबै देशका यी शिक्षकहरु ।

सधैं एउटै पोशाकमा उभिएर टाउको दुखाएका छन्
बर्षामा पानी बर्सिए सरि यहाँ पसिना बगाएका छन् ।

डुंगा तार्ने माझी जस्तै नदीबाट तारे कति हो कति
मर्न लाएका बिरामीको बनेका छन् शिक्षकहरु ओखती ।

नवरुपी कोपिलालाई फक्राएर फूल्न सिकाए पनि
कति डाक्टर बने कति इन्जिनियर अरु के–के छन् तनि ।

पूर्णिमाको जून बनि शितलता छर्ने यिनै हुन् त्यहाँ
यिनको महिमा अपार छ कति को बन्न सक्छ यहाँ ।

बसन्त बनेर पाखापखेरामा सुवास यिनले छरे
खिया लागिसकेको फलाममा पनि पित्तल यिनले भरे ।

हातमा कापीकलम लिइकन स्कुल र घरमा
मन्त्रीहरु त्यसै चलाउने भयो पढाएकै भरमा ।

कति बने निजामती सचिवहरु उपसचिव भएका
टुप्पी तान्दै चड्काउँदै त्यही शिक्षकले लएका ।

 

अहिले हाकिम भयौ धेरै ठूला भयौ पाइलट तिमी नि भयौ
नदी तारिदिने किनारमा छाडी शिखर चुम्न गयौ ।

कामै नपाएका शिक्षक भएका छौ नेताले भन्न थाले
सबको गाली खाने यो मास्टर पेशा छोड् भन्न थाले बाले ।

न त भ्रष्टाचार गरे उनीहरु ऊही तलबकै भरमा
जहान पाल्न गाह्रो भयो हरे शिव हिँड्छ आज घरमा ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: