मलेसियामा झूठा समाचार विरुद्ध नयाँ कानुन


मलेसिया — मलेसियाले झूठा समाचारविरुद्ध नयाँ कानुन लागू गर्ने भएको छ । अघिल्लो साता संसदमा दर्ता भएको यससम्बन्धी एक नयाँ विधेयक मलेसियाली संसदमा सोमबार बहुमतले पारित भएको छ । आमनिर्वाचन नजिकिदै गर्दा सोमबार विपक्षी दलहरुको फरक मतका बाबजुत उक्त विधेयक पारित भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

अघिल्लो साता संसदमा प्रवेश गराइएको उक्त विधेयकमा मूख्य दुई बुँदाहरु संशोधन गर्दै सोमबार पारित भएको हो। उक्त विधेयक अनुसार अब झूठा समाचार उत्पादन, प्रकाशन, प्रसारण या वितरण गर्ने या यस कार्यमा संलग्न भई दोषी देखिने जो कोही माथि ५ लाख रिंगिटसम्म जरिवाना र ६ वर्षसम्मको जेल सजाय हुने उल्लेख छ।
यसअघि प्रस्तावित विधेयकमा अधिकतम् १० वर्षसम्मको जेल सजाय हुनसक्ने उल्लेख गरिएकोमा हाल त्यसलाई संशोधन गरी अधिकतम ५ वर्षसम्मको जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ। त्यस्तै यसअघि ‘जानाजान’ त्यस्ता समाचार लेख्ने, उत्पादन गर्ने, प्रकाशन, वितरण एवं प्रसारण गर्ने उल्लेख गरिएको मा पछिल्लोपटक ‘द्धेषपूर्वक’ त्यस्ता समाचारहरु प्रकाशन, प्रसारण, वितरण एवं उत्पादन गर्ने जोकोही सञ्चारमाध्यम, व्यक्ति या सामाजिक सञ्जाल प्रयोगकर्तामाथि समेत उक्त सजाय लागू हुने जनाइएको छ।
उक्त कानुन मलेसिया बाहिरका अन्य मुलुकमा मलेसियाबारे प्रकाशन, प्रसारण एवं वितरण हुने झूठा समाचारहरुविरुद्धको सन्दर्भमा समेत लागू हुने उल्लेख गरिएको छ।
Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: