ब्रोइलरको मासु स्वास्थ्यका लागि खतरा


तुलसीपुर –ब्रोइलर जातका कुखुराको मासु स्वास्थ्यका लागि दाङमा सबै भन्दा बढी जोखीम युक्त रहेको पाइएको छ ।  बुधबार तुलसीपुरमा भएको गोष्ठिमा पशु चिकित्सकले ब्रोइलर तथा लेड्स कुखुरामा कृषकहरुले (अधिक मात्रामा) हाई डोजको औषधि प्रयोग गर्ने भएकाले जोखीमयुक्त रहेको बताएका हुन् । 
भेटनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयले देशका विभिन्न जिल्लामा गरेको नमुना परिक्षणमा यस्तो पुष्टि भएको हो ।
एक सय ५० वटा कुखुराको मासुमा गरिएको नुमना परिक्षणमा ५२ दशमलव ६ प्रतिशत अवशेष पाइएको तुलसीपुर उपमहानगरपालिका अन्र्गत पशु सेवा शाख तुलसीपुरका प्रमुख सुदाम भट्टले बताए । उनका अनुसार औषधिको अवशेष रहेका जुनसुकै उपभोग्य वस्तुहरु स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । उत्पादन वृद्धि गर्न कृषकहरुले दुध, मासु, माछा, अण्डा, तरकारीमा  औषधि प्रयोग गर्ने गरेका छन् ।
ज्ञानको कमी भएकै कारण कृषकहरुले आफूखुसी जथाभाबी रुपमा भेटेनरी औषधिको प्रयोग भइरहेकाले उपभोग्य वस्तुहरु मानव स्वास्थ्यका लागि जटिल वन्दै गएको प्राविधिक सुवास आचार्यले बताए ।

असल ब्यवस्थापनका साथ पशुपालन गर्न सके किसान पनि बाँच्ने र उपभोत्ताको स्वास्थ्य पनि खतरामा नपर्ने भन्दै चिकित्सकहरुले  महामारी विरुद्धको खोप लगाउने, गोठ सफा गर्ने,ल्याव परीक्षण गराएर मात्र स्वीकृतवाला एग्रोभेटबाट उचित मात्रामा औषधिको प्रयोग गर्न किसानहरुलाई उनले सुझाव दिए ।

यता उपभोक्ता अधिकार मञ्चका अध्यक्ष गोपाल शर्मा भट्टराईले उपभोक्ता अधिकार सुनिश्चितताका लागि स्थानिय तहहरुले कडाई गर्नुपर्ने बताए ।  उपभोक्ताहरुको लागि मात्रै भन्दा  पनि आफ्ना लागि पनि हो भन्ने सोचे मानिसको स्वास्थ्य जोगिने उनले बताए । भेटेनरी औषधिको प्रयोग र अवस्थाका बारेमा बुझन आएका कृषकहरुले विभिन्न जिज्ञासा राखेका थिए । याे समाचार राताेपाटीमा प्रकाशित छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: