महिलाले होटल खोल्दा नकारात्मक सोचाई राख्नु गलत : पर्यटन उद्यमी कल्पना


सामान्य घरपरिवारमा हुर्कि गाउँको सरकारी स्कुलमा अध्ययन गरेको बताउने

कल्पना आचार्य, प्रबन्ध निर्देशक, शिव तिरुपती होटल प्राइभेट लिमिटेड

होटल व्यवसायी कल्पना आचार्यको जन्म गोदावरीमा भएको हो । होटल लाइनमा काम गर्नको लागि जो कोहिले होटल म्यानेजमेन्ट नै विषय पढ्नु पर्छ भन्ने छैन । जस्तो मैले मानविकी पढेर पनि छोटो समयमा  शिव तिरुपति होटलमार्फत समाजमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न पाउँदा अाफूलार्इ गौरवान्वित महसुस हुने बताउँछिन् अाचार्य ।  ‘पाहुना भनेकै भगवान हो । पाहुनालाई खुसी बनाउन सक्नुलार्इ नै अाफ्नाे सन्तुष्टि ठान्ने अाचार्यसँग रहेर हामीले छाेटाे  कुराकानी  गरेका छाैं ।

होटल व्यवसायमा कसरी प्रवेश गर्नु भएको हो ?

होटल व्यवसायमा आउनु भन्दा अगाडी म हाउस वाइफ मात्रै भएर बसेको थिए । होटल क्षेत्रमा लाग्नुको श्रेय मेरो बहिनी रामकुमारी झाक्रीलाई दिन्छु । उसैको साथ र सहयोगले अर्थात उनैले मेरो औला समातेर यहाँ ल्याई गर्नुपर्छ भनि प्रोत्साहन गरेकाले आज म यो स्थानमा छु ।

पारिवारबाट कत्तिको सहयोग पाउनु भएको छ ?
परिवारको सहयोग नपाएको भए मलाई काम गर्न गाह्रो हुन्थ्यो । मैले परिवारबाट एकदमै सहयोग पाएको छु ।

 कति लागनीबाट शुरु गर्नुभएको ?
आफ्नो सम्पत्तिसहित अनुमानित लगानी तीन करोडको हाराहारीमा छ ।

कति वर्ष भयो यो होटल संचालन गरेको ?
मैले आफ्नो तर्फबाट यो होटल संचालन गरेको दुई वर्ष जति भयो ।

कस्तो सेवा सुविधा दिइराख्नु भएको छ र अरु होटलभन्दा भिन्नता के छ ?
हाम्रोमा पारिवारिक वातावरण छ । हाम्रो होटलमा आउनेले घरमा आएको अनुभव गर्नुहुन्छ र प्रत्येक आगन्तुक पाहुनाले पनि त्यहि नै भन्नु हुन्छ । वर्षौदेखि निरन्तर आइराख्ने पाहुनाको अनुभव सुन्दा पनि हाम्रो होटल पारिवारिक नै छ । बाहिरी जिल्लाबाट आउनु हुने पाहुनाको लागि यसको लोकेशन सजिलो र सरल छ । त्यस्तै, नेपाली बजारमा हाम्रो होटलको कोठाहरु सामान्य पैसामा स्तरीय र गुणस्तरीय खालका छन् । खानाको व्यवस्था २४सैँ घण्टा छ, जुन अरु काठमाडौंका होटलमा कमै पाइन्छन् । त्यसैले हाम्रो होटललाई अत्यधिक ग्राहकले सम्झिन्छन् र धेरै मान्छे निरन्तर आइराख्नु भएको छ, जुन हाम्रोमा सर्भिस राम्रो भएर नै हो ।

कतिवटा कोठाहरु छन् ?
एट्याच वाथसँगै फ्यान, एसीसहितका सुविधासम्पन्न ३८ वटा कोठाहरु छन् ।

खाना के-कस्तो छ ? कति कर्मचारी छन् ?
विशेष इण्डियन खाना छ । त्यसपछि नेपाली, चाइनिजलगायत छन् । कर्मचारी ४५ जना छौं ।

तपाईको होटलमा कस्ता र कहाँका मान्छेहरु आउँछन् ?
बाहिरी जिल्लाबाट अफिसियल्ली काम गर्ने मान्छेहरु आउनु हुन्छ र बाहिरबाट घुम्न भनेर आउने मान्छेहरु पनि प्राय हाम्रोमा आउनु हुन्छ । हाम्रो इण्डियन पाहुनाहरु धेरै हुनुहुन्छ ।

ग्राहकको रोजाइमा तिरुपति किन पर्छ ?
यहाँ पारिवारिक वातावरण छ । ग्राहकलाई म होटलमा बसेको छु जस्तो नलागेर घरमै बसिराखेको छु जस्तो हुन्छ हाम्रोमा । काठमाडौंमा खोज्नु नै भयो भने २४सैँ घण्टा सेवासुविधा दिने होटल एकदमै न्युन पाउनु हुन्छ, जुन हाम्रोमा २४सैं घण्टा सेवा सुविधा छ । सरसफाई साथै कम पैसामा गुणस्तरीय कोठा पाउनु ठूलो कुरा हो, त्यसले गर्दा नै मान्छेले तिरुपतिलाई रोज्छन् ।

तपाईंलाई होटल व्यवसाय कस्तो हो जस्तो लाग्छ ?
काम गरेको धेरै भएको छैन तर होटल व्यवसाय राम्रो लाग्छ । यो क्षेत्रमा काम गरेको अनुभव अुनसार धेरै राम्रो छ र म खुसी छु । यस क्षेत्रमा धेरै नयाँ नयाँ मान्छेहरुसँग भेट हुन्छ, जसले गर्दा अनुभव बटुल्दै बटुल्दै व्यवसाय पनि संचालन हुन्छ । अनुभव धेरै बटुल्ने मौका पाइन्छ र चुनौतीहरु पनि त्यति नै हुन्छ ।

चुनौती चाहिँ कस्ता हुन्छन् नि ?
होटलको आफ्नो घर होइन, भाडा तिर्नु पर्यो, कर्मचारी खर्च, बिजुली, पानी सबै किन्नु पर्यो, काठमाडौंको समस्या सबैलाई थाहा छदैछ । होटल चलाउन मात्रै पनि धेरै पूँजीको आवश्यकता पर्छ । कहिले काहिँ देशको स्थितीले गर्दा होटल चलाउनलाई चुनौतीपूर्ण हुन्छ । होटल भन्ना साथ मान्छेले गलत मानसिकताले पनि सोच्ने गर्छन् । जाड रक्सी खाने मान्छे आउने ठाउँ होटल हो भन्ने बुझ्छन् र महिलाले होटल खोलेको भनेर नकारात्मक सोचाई राख्छन् । महिलाले यस्तो पेशा गरेको भन्ने मान्छेहरु धेरै हुन्छन् तर भन्नेले त भनिराख्छन्, आपूmले गर्दै जाने हो । हुनत आपूm राम्रो त जगत राम्रो हुन्छ ।

तपाईंलाई होटल व्यवसायको भविष्य कस्तो छ जस्तो लाग्छ ?
यसको भविष्य एकदमै राम्रो छ तर देशको राजनीतिक स्थिरता हुनु जरुरी छ । शान्ति हुनुपर्यो अनि पर्यटक आउछन् । पर्यटन बिना होटल चल्दैन र भोलीको दिनमा पर्यटन व्यवसायले देशलाई सुदुढ बनाउछ, त्यसैले देशमा शान्ति एकदमै आवश्यक छ ।

होटलले पर्यटन क्षेत्रमा कसरी योगदान गरेको छ जस्तो लाग्छ ?
यसले एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्छ जस्तो लाग्छ । होटलले तिर्ने करदेखि लिएर रोजगारी लगायत योगदान दिएको हुन्छ । पर्यटकलाई होटलले खाने बस्नेलगायतका सेवा सुविधाहरु दिएको हुन्छ । त्यसैले होटलले पर्यटन क्षेत्रमा धेरै नै योगदान पुर्याएको हुन्छ ।

तपाईंको अनुभवमा यस क्षेत्रका महिला उद्यमीलाई के कस्तो साथ र सहयोग गर्छन् ?
होटल लाइनमा महिला उद्यमी आउनु भएको छ भनेर आफ्नो ठाउँबाट गर्ने सहयोगहरु मैले पाइराखेको छु । जसले गर्दा कामलाई अगाडि बढाउन मलाई त्यसले प्रोत्साहन गरेको छ । म गेष्टहरुसँग डिलिङ्ग पनि आफै गरिराखेको हुन्छु । पहिलेदेखि आउनु भएका पाहुनाहरुको समेत सरसल्लाहलगायतका सहयोग पाइराखेको छु । त्यसैले यस क्षेत्रमा महिलालाई काम गर्न अहिले धेरै नै सजिलो छ ।

तपाईंलाई राज्य पक्षबाट के कस्तो सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
राज्यपक्षले शान्ती, सुरक्षा दिनु पर्यो । होटलमा सबै खालका मान्छेहरु आउछन्, त्यसमा कतिपय कुरामा मापदण्ड बनाइदिनु पर्छ । दुःख दिने नियतले चेकिङ्ग गर्ने गर्नु हुँदैन । शान्ति, सुरक्षा दिने कुराहरु छिटो छरितो होस् ।

तपाईंको भोलीका योजना के कस्ता छन् ?
म शिव तिरुपति होटलको नामबाट शाखाहरु खोल्ने योजनामा छु र खोल्छु पनि ।
ड्ड आफ्ना पाहुनाहरुलाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
उहाँहरुलाई सल्लाह सुझाव दिनुभन्दा पनि उहाँहरुको सल्लाह सुझावको अझै खाँचो छ । उहाँहरुको सल्लाह सुझावले नै भोलीका दिनमा सुधार्न र सुध्रिने मौका पाउछु ।

अन्त्यमा नेपाली महिलालाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
आफुले आफैंलाई विश्वास गर्नु पर्यो । मान्छेले कुरा काट्यो भनेर बीचमै छोडेर भाग्नु भएन । आज नभएको काम भोली सफलता हात लाग्छ भनेर त्यसलाई निरन्तरता दिनुपर्छ भन्न चाहन्छु ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: