चर्चा कमाउँदै औषधीहरुको सर्च इन्जिन ‘मेडशाला डट कम’


संस्थापक सन्तोष तिवारी

सन २०१७ को मार्च देखि सेवा सुरु भएको Medsaala.com (मेडशाला डट कम) नेपालको एक मात्र औषधीहरुको सर्च इन्जिन (medicinal search engine) हाे । Search your medicnes here…. र A home of your medicine … गरी यस कम्पनीको दुईवटा मुख्य नारा लिएर अघी बढेको छ । साथै सुचना संकलनको हिसाबले समेत यो नेपालको सबैभन्दा ठुलो मेडिसिन सर्च ईन्जिन हो ।

औषधिहरुका जानकारीहरु, स्वास्थ क्षेत्रका रोजगारीका सुचनाहरु, स्वास्थ्य क्षेत्रका समाचारहरु, औषधी कम्पनीको बिरणहरु आदिको जानकारी Medsaala.com मा निःशुल्क प्राप्त गर्न सकिन्छ । Medsaala.com का संस्थापक सन्तोष तिवारी आफैं पनि ब्याचलर्स इन फार्मेशीमा अध्यनरत २४ बर्षे युवा हुन्, जो यही देशमा नै केहि नयाँ गर्नुपर्छ भन्ने मान्यता सहित अघी बढिरहेका छन् ।
Medsaala.com को प्रथम १० महिना पार गरिरहँदा यसले नेपालको एक मात्र र भरपर्दो औषधीहरुको सर्च इन्जिन (medicinal search engine) को रुपमा आफुलाई विकाश गरिसकेको छ ।

यसमा औषधिका सुचना खोजी गर्न उक्त औषधीको Brand Name अथवा Genetic Name (composition) दुबै खोजी गर्न सकिन्छ ।
डाक्टर, फर्मासीस्ट, नर्स, औषधी कम्पनी, अस्पताल, फार्मेशी, क्लिनिक आदि क्षेत्रमा संलग्नहरुले यस सर्च इन्जिनबाट लाभ लिन सक्नुहुनेछ । साथै स्वास्थ विज्ञान संकायका विद्यार्थीहरु, रोजगारीको अवसर खोजी गरिरहनुभएका व्यक्तिहरु समेतले यस साईटबाट निशुल्क लाभ लिन सक्नुहुन्छ ।


निकट भविष्यमा दक्षिण एशिया लगायत अन्य देशमा उत्पादन भएका औषधीहरु समेत थप गर्ने र साथै अनलाईन फार्मेशी सेवा समेत सञ्चालन गर्ने लक्ष्य साथ कम्पनी अघी बढिरहेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: