ठमेलकाे हिमालयन एकेडेमीमा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी विशेष तालिम अायाेजना

ठमेलकाे हिमालयन एकेडेमीमा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी विशेष तालिम अायाेजना


  • सेतो घर
  • आइतवार, चैत्र ४, २०७४
  • 1117
    SHARES

काठमाडौंको ठमेल स्थित हिमालयन एकेडेमी अफ ट्राभल एण्ड टुरिज्मले व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी १० दिने तालिम आयोजना गरेको छ । हिमालयन एक्प्लोर अन्तरगत सञ्चालनमा रहेको एकेडेमीले छायादेवी कम्प्लेक्समा सञ्चालनमा आउन लागेको होटल तथा रेष्टुरेन्टमा आफैंलाई आवश्यक पर्ने जनशक्ति मध्ये काममा जोडिनु भन्दा पहिले नै आधारभूत कामको बारेमा ज्ञान प्रदान गर्न र व्यावहारिक बनाउन सकेको खण्डमा कामलाई प्रभावकारी बनाउन सकिने मान्यता बमोजिम यस्तो पहल गरेको हो ।

नेपालमा उत्पादन हुने शैक्षिक जनशक्तिले कुनै तालिम तथा अनुभव बिना सिधै कुनै पनि क्षेत्रमा रहेर काममा जोडिनु सहज नभएको र बिना दक्षता नेपालमा कुनै पनि काममा जनशक्ति दक्ष नरहने कुरालाई लक्षित गरेर यस्तो तालिमका आयोजना गरिएको कार्यक्रमका प्रशिक्षक सुसान्त सर्माले सेतोघर डट कमलाई बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा संलग्न मध्ये अधिकांश नेपालमा नै रहेर व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत व्यक्तिहरु छन् । अहिले सम्म कुनै पनि तालिम तथा जागिरको अनुभव नभएका व्यक्तिहरु संलग्न रहेको यस तालिमबाट ३ दिनको अवधिमा नै अनुभुति हुने गरी प्रशिक्षार्थीहरु खुलेर आपसमा कुराहरु राख्न र नयाँ वातावरणमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धी धेरै कुराहरु व्यावहारिक रुपमा नै परिवर्तनको अनुभव गर्न सक्ने अवस्थामा पुगेको पाइएको छ ।

राजेन्द्र विक्रम शाह

शारीरिक रुपमा प्रस्तुत हुने तरिका, क्षमता विस्तार, आत्मविश्वास, मानवीय तथा मनोवैज्ञानिक रुपमा आउन सक्ने समस्या र समाधानका उपाय लगायतका विषयवस्तुहरुमा रहेर १० दिन लामो कोर्ष डिजाइन गरिएको र यसबाट प्रशिक्षार्थीहरु विभिन्न क्षेत्रमा दक्ष बन्न निकै ठूलो सहयोग पुग्ने प्रशिक्षक सुसान्त सर्माले बताए ।
तालिममा सहभागि मध्ये एक व्यक्ति प्रदीप कार्की नेपालमा मात्र नभई जुनसुकै ठाऊँमा रहेर काम गर्न पनि आफूहरु सीप र क्षमता आवश्यक पर्ने भएको कारण आफू उक्त कक्षामा सहभागि भएको र प्रयाप्त ज्ञान लिन सहयोग भएको बताएका छन् । लामो समय वैदेशिक रोजगारमा समेत रहेका उनी नेपालमा नै अवसर खोज्नुपर्छ भन्ने मान्यता बमोजिम हाल नेपालमा नै रहेर आगामी दिनमा युवाहरुको निम्ति नमुना पात्र बन्ने चाहनामा छन् ।
पछिल्लो समय अध्ययन पश्चात् पहिलो पटक कुनै काममा जोडिनुपूर्व सम्बन्धित क्षेत्रमा आधारभूत तालिम अनिवार्य जस्तै बन्दै गएको छ । अहिले नेपालका अधिकांश कर्पोरेट कम्पनीहरुमा यस्ता तालिम अनिवार्य जस्तै बनिसकेका छन् । साथै तालिम नलिई सिधै काममा जोडिएका व्यक्तिहरुको तुलनामा तालिम सहित जोडिएका व्यक्तिहरुको कार्यदक्षतामा निकै नै सुधार भएको पाइएको छ ।

हिमालयन एकेडेमीका प्रतिनिधि राजेन्द्र विक्रम शाहले कार्यक्रमको औचित्यता बारे छोटो प्रतिक्रिया दिँदै नेपालमा हाल आफूहरुले जनशक्ति हायर गर्नुपूर्व उनीहरुको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्छ भन्ने मान्यता बमोजिम आफूहरुले यो तालिम कार्यक्रम आयोजना गरेको बताउनुभएको छ । आफूहरुले आगामी दिनमा जनशक्तिको दक्षता विकास सम्बन्धमा प्रयाप्त काम गर्ने आफ्नो योजना रहेको समेत ऊहाँले बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology