ग्यास विक्रेता महासंघ नेपालको छैठौं केन्द्रीय कमिटी वैठक हेटौंडामा सम्पन्न भएको छ । फागुन २६ गते हेटौडामा सम्पन्न भएको उक्त वैठकले देशैभरबाट उपस्थित ग्यास व्यवसायीहरुले ग्यास व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउनको निम्ति सामुहिक रुपमा ऐक्यवद्धता जनाएका छन् ।
‘व्यवस्थित र आत्मनिर्भर ग्यास कारोबार हाम्रो प्रतिवद्धता’ नाराको साथ सम्पन्न भएको उक्त कार्यक्रममा ग्यास व्यवसायीहरुले तत्काल यस क्षेत्रलाई व्यवस्थित गर्न थप पहलकदमी लिन आग्रह गर्दै महासंघको अहिलेको नेतृत्व प्रति आक्रोश प्रकट गरेका छन् ।
वैठकले आगामी अधिवेसनको लागि मिति तोक्ने समेत भनिएको भएपनि ग्यास व्यवसायलाई व्यवस्थित र आत्मनिर्भर बनाएसकेपछि अर्को वैठकबाट मात्रै अधिवेसनको मिति तोक्ने सहमति समेत भएको छ ।
साथै ग्यास व्यवसायी महासंघका सदस्यहरु बीच आपसमा आगामी नेतृत्व कसले लिने ? र अबको नेतृत्वको जिम्मेवारी के हुने ? भन्ने विषयलाई लिएर आपसमा चर्चापरिचर्चा समेत हुन थालेको छ ।
यसको अलावा ग्यास व्यवसायमा कमिसन कमी भएको भन्दै व्यवसाय प्रति नै रुष्ट रहँदै आएका व्यवसायीहरुले यस क्षेत्रबाट आत्मनिर्भर बन्नको निम्ति अघिल्लो देउवा नेतृत्वको सरकारमा समेत आफ्ना कुराहरु नराखेका होइनन् । आफूहरुले मन्त्रालय स्तरीय विभिन्न व्यक्तिहरुलाई भेट्दा व्यवसायलाई व्यवस्थित गर्नको निम्ति आफूहरुले व्यवसायको अवस्था र अहिलेको कमिसन तथा अन्य परिस्थितिलाई बुझेर व्यवसायीका जाहेज मागहरु सम्बोधन हुनेमा विश्वस्त तुल्याइएको भएपनि व्यवसायीहरु भने अहिले सम्म पनि आफूहरुलाई कुनै पनि रुपमा सम्बोधन नभएकोमा निराश छन् ।
ग्यास विक्रेता महासंघ नेपालका महासचिव चन्द्र थापा भने लामो समय देखि नै आफूहरु यस व्यवसायलाई मर्यादित, व्यवस्थित र आत्मनिर्भर बनाएरै छोड्ने प्रतिवद्धता जनाउँदै आउनुभएको छ ।
तर नेपाल आयल निगम भन्छ, विक्रताहरू समस्यामा भएकाे बारे हामीलार्इ पनि जानकारी छ । तर कच्चा तेलको मूल्यमा भएको वृद्धिको कारण तत्काल ग्यास व्यवसायमा संलग्न व्यवसायीहरुका जाहेज माग पनि सम्बाेधन गर्न सकिने अवस्था भने छैन ।