खाद्य स्वच्छता र सचेतना सम्बन्धमा एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

खाद्य स्वच्छता र सचेतना सम्बन्धमा एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न


  • सेतो घर
  • आइतवार, चैत्र ४, २०७४
  • 709
    SHARES

खाद्य स्वच्छता सम्बन्धमा नागरिक सरोकार केन्द्र तारकेश्वर र उपभोक्ता अधिकार अनुसन्धान मञ्चको आयोजना तथा जागृति सामुदायिक अध्ययन केन्द्रको विशेष समन्वयनमा काठमाडौंको गोलढुंगा स्थित पुरानो गुहेश्वरी मा.वि.मा एकदिवसीय सचेतनामूलक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

खाद्य पदार्थलाई कसरी स्वस्थकर राख्ने र उपभोक्ताले बजारबाट सामान किन्ने क्रममा के–कस्ता विषयहरुमा सतर्क रहनुपर्छ भन्ने सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण विभागका सहप्रवक्ता मदन कुमार चापागाईंले आफ्नो अनुभवका साथै विशेष सतर्क समेत गराउनुभयो ।

कार्यक्रम खाद्य स्वच्छता, सुरक्षा, आधारभूत उपभोक्ता अधिकार तथा खाना पकाउने एलपी ग्यासको प्रयोगको क्रममा अपनाउनुपर्ने सचेतना लगायतको विषयमा केन्द्रित थियो । एलपी ग्यासको सचेतना सम्बन्धमा ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले आफ्नो धारणा राख्दै गुणस्तरीय एन.एस, आइएसओ तथा आइएसआई गुणस्तर चिन्ह प्राप्त रेगुलेटर प्रयोग गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

साथै गुणस्तरीय पाइपको प्रयोग गर्नुपर्ने र २ बर्षको अन्तरालमा पाइप तथा रेगुलेटर परिवर्तन गर्नुपर्ने, सिलिण्डर घोप्टो बनाउन नहुने लगायतमा सचेत बनाउनुभएको थियो । दुर्घटना भवितव्य पहिले सूचना दिएर आउने नभएको कारण आफू नै पहिले सतर्क बन्न सके आउन सक्ने ठूलो दुर्घटनाबाट बच्न सकिने समेत बताउनुभएको थियो ।

कार्यक्रममा  तारकेश्वर वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र डंगाेल, प्रशिक्षिका कमला सुवेदी, नागरिक सरोकार केन्द्र तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारी, नागरिक सरोकार केन्द्र तारकेश्वरका महासचिव दिवाकर पाैडेल, उपभाेक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिना लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा निकै उल्लासमय रूपमा स्थानीय महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology