५ नम्बर प्रदेश पर्यटकीय सम्भावनाकाे नयाँ गञ्तव्य क्षेत्र बन्दैछ : कृष्ण प्रसाद नेपाल


कृष्ण प्रसाद नेपाल, सञ्चालक,  लब्ली होटल एण्ड गेष्ट हाउस                  -दर्शन लुम्बिनी कम्पनी प्रा.लि

 

नेपालमा पर्यटन तथा होटलको क्षेत्रमा लगानी विस्तार हुँदै गएको छ । नेपालमा पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको कारण यस क्षेत्रमा लगानी विस्तार हुँदै गएको बुझ्न सकिन्छ । कतिपय व्यक्तिहरु आफैंले अध्ययन गरेर नै पर्यटनको क्षेत्रमा लगानी गरिरहेका छन् भने कतिपय अरुको देखासिकीमा समेत यस क्षेत्रमा संलग्न भइरहेका छन् ।

 

नेपाल पर्यटनको निम्ति राम्रो सम्भावना मुलुकको रुपमा रहेको र यहाँको लगानीको प्रतिफल समेत राम्रो रहेको कारण आफूहरु पर्यटन क्षेत्रमा आकर्षित भएको बताउनुहुन्छ कृष्ण प्रसाद नेपाल । लामो समय मदिरा व्यवसायमा संलग्न रही नेपाल मदिरा व्यवासयी महासंघका हाल अध्यक्ष समेत रहनुुभएका ऊहाँ नेपाल दर्शन लुम्बिनी कम्पनी प्रा.लि अन्तरगत सामुहिक व्यवसायको निम्ति नयाँ क्षेत्रको रुपमा पर्यटनमा जोडिनुभएको हो । हाल यस कम्पनी अन्तरगत बुटबलमा लब्ली होटल एण्ड गेष्ट हाउस सञ्चालनमा आएको छ ।

पछिल्लो समय नेपाल संघीयतामा समेत गएको अवस्थामा बुटबल निकै राम्रो सम्भावना बोकेको साथै ५ नम्बर प्रदेशको राजधानी शहरको रुपमा नै रहेको कारण रुपन्देही र वरपरका क्षेत्रमा समेत विकास र समृद्धिको ढोका खुल्दै जाने मान्यता बमोजिम आफुहरु लगानीको निम्ति पर्यटन क्षेत्रमा जोडिन पुगेको नेपालले सेतोघर डट कम सँगको कुराकानीको क्रममा बताउनुभयो ।

यसकारण बुटबल क्षेत्र उपयुक्त ः
पहाड र तराईको संगमस्थलको रुपमा समेत रुपन्देही जिल्ला नै रहेको र उक्त क्षेत्रको जैविक विविधता, लुम्बिनीमा बन्दै गरेको अन्तराष्ट्रिय हवाईमैदान लगायतका थुप्रै आकर्षणहरुले भावी दिनमा यस क्षेत्रमा विकासले थप गति लिने संकेत गरेको छ । त्यसैकारण समेत पर्यटन आकर्षणको नयाँ गञ्तव्यको रुपमा पछिल्लो समय लुम्बिनीका तराई क्षेत्रका जिल्लाहरुमा लगानी बढेको नेपालको धारणा छ ।
यसैकारण नेपालका अन्य क्षेत्रहरुमा जस्तै ५ नम्बर प्रदेशमा पर्ने लुम्बिनी अञ्चल पनि पर्यटन तथा होटल क्षेत्रको निम्ति उर्वर भूमीको रुपमा देखा परेको छ । यस क्षेत्रमा पर्यटनमूलक विभिन्न गतिविधिहरु हुँदै आएका छन् । स्तरीय होटलहरु यस क्षेत्रमा निर्माण भइरहेका छन् ।

किन सञ्चालनमा आयो दर्शन लुम्बिनी ? के छन् आगामी योजना ?
हाल बुटबलको बसपार्क पछाडि लब्ली होटल एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याएको यो कम्पनी वृहद योजनाको साथ अघी बढिरहेको छ । हाल यस कम्पनीमा विभिन्न क्षेत्रमा रही व्यावसायिक गतिविधिमा संलग्न टीकाराम पन्थी, राम प्रसाद गौतम, सन्तोषमानसिंह श्रेष्ठ, कृष्ण प्रसाद नेपाल लगायतका व्यक्तिहरुको लगानी रहेको छ ।

कृष्ण प्रसाद नेपाल सँगको कुराकानीको क्रममा ऊहाँले नेपालमा पर्यटनको क्षेत्रमा राम्रो सम्भावना देखेको कारण अहिले आफूहरुले होटलको क्षेत्रमा लगानी विस्तार गरेको बताउनुभएको छ । पर्यटन प्रवद्र्धनको निम्ति पहिलो पूर्वाधारको रुपमा नै होटल नै रहेको बताउँदै नेपालमा नै प्रयाप्त सम्भावनाहरु रहेको कुरालाई व्यावहारिक पक्षबाट पुष्टि गर्ने योजना बमोजिम आफूहरु केही जोखिमको साथ अघी बढेको बताउनुभएको छ । आफूहरु पर्यटनको क्षेत्रमा लगानी गर्ने मनशायमा लामो समय देखि नै भएपनि परिस्थिति अनुकुल बन्न नसकेको बताउँदै अहिले भने विचार मिल्दो टिम समेत संगठित भएर यस क्षेत्रमा अघी बढेको बताउनुभयो ।

आगामी योजना :
यस दर्शन लुम्बिनी कम्पनी मार्फत प्रत्येक बर्ष १ ओटा नयाँ क्षेत्रमा लगानी विस्तार गर्दै जाने योजनामा आफूहरु रहेको समेत नेपालले बताउनुभएको छ । अागामी बर्षकाे लागि जग्गाकाे तयारीमा अाफूहरू रहेकाे उहाँले बताउनुभएकाे छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: