राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज

  • काँग्रेसले उम्मेदवारी नदिने

  • काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

    बिहान १० देखि दिउँसो १ बजेसम्मको मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ । 

    मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए ।

    राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ । बाम गठबन्धनको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने बताइएपनि एमालेले अहिले सम्म उम्मेदवारको नाम तय गरिसकेके छैन । उम्मेदवार छान्न एमालेले आज बिहान बैठक बोलाएको छ ।

    यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने बताएको छ ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: