कार्यालयमा वास्तुशास्त्रको प्रयोग : महत्वपूर्ण टिप्सहरू


ज्याेतिष भीम प्रसाद गुरागाइ धनन्जय एष्ट्राेलाेजी हाउस

हाम्रा वारिपरि व्याप्त रहेका पञ्च तत्वलाई उचित व्यवस्थापन र अनुकुल हुने गरि प्रयोग गरेर भौतिक संरचनाहरुको निर्माण गर्ने पौराणिक विज्ञानलाई नै वास्तुशास्त्र भनिन्छ । पौराणिक निर्माण विज्ञान वास्तुशास्त्रलाई गृह निर्माणको क्षेत्रमा मात्रै सीमित नराखेर आजको आधुनिक विज्ञानको जगतमा पनि विभिन्न तौरतरिकाबाट अन्यान्य क्षेत्रहरुमा समेत प्रयोग गरिएको पाइन्छ ।

जसरी हाल आएर आधुनिक निर्माणको क्षेत्रमा वास्तुशास्त्रको व्यापक प्रयोग भएको र्पाइन्छ, यस हिसाबले पनि यसको महत्व अझै बृद्धि भएको छ । वास्तुशास्त्रलाई निर्माणमा मात्रै नभएर निर्माण भईसकेका भवनहरुमा सौसज्जा, विद्युतीय उपकारण तथा औजार अनि रंगरोगनहरुमा पनि यसलाई विशेष ध्यान दिईन्छ । साथै कार्यालयहरुमा कर्मचारीहरुलाई उनीहरुको कार्यक्षेत्र र कार्यभार हेरेर कार्यसम्पादनमा अनुकुल असर पर्ने गरी निश्चित दिशा र स्थानहरु पनि तोकिएको हुन्छ, जसको कारण कार्यलयमा वातावरण अनुकुल भई कर्मचारीहरु बीचमा मित्रवत् र पारविारिक वातावरण बनि रहोस्  जसको कारणले व्यवसायिक क्षेत्रले लक्षित लाभ प्राप्त गर्न सकोस् ।

कार्यालयमा वास्तुशास्त्रको प्रयोग सम्बन्धमा यस्ता छन् केही टिप्सहरू ः

 १, कार्यालयको मुख्यढोका नजिक वा निकटमा प्रत्यक्ष देखिन्ने ठाँउमा त्यस्तो कुनै सर–सामान राख्नु हुँदैन् ।

२, कार्यालयको ब्रह्मा स्थान (केन्द्रिय भाग) खालि छाडनु पर्छ ।

३, रेसिप्शनको लागि उचित स्थान पूर्वोत्तर दिशाको कोठामा हो, रेसिप्शनिष्टले पूर्व वा उत्तरको दिशा फर्किएर बसेको हुनुपर्छ ।

४, भूमिगत जलस्रोतका लागि वा पानी पूर्वाेत्तर दिशालाई शुभ मानिन्छ ।

५, कार्यालयको आन्तरिक सजावटमा राखिन्ने अक्वारियमको माछा नौ वटा सुनौलो र एउटा कालो हुनुपर्छ र यसको उचित स्थान पूर्वोत्तर दिशालाई लिईन्छ ।

६, कार्यालयमा वास्तुशास्त्रको आधारमा संचालक, निर्देशक, प्रबन्धकहरु कार्यालयको दक्षिणपश्चिम दिशाको कोठामा पूर्वोत्तर दिशामा फर्किएर रहनुलाई शुभ मानिन्छ ।

७, कार्यालयको पूर्वोत्तर दिशाको स्थानमा सहायक प्रबन्धक तथा अन्य सहायक कर्मचारीहरुको लागि शुभ मानिन्छ भने फिल्डमा जाने कर्मचारीहरुको लागि उत्तरपश्चिम दिशालाई शुभ मानिन्छ ।

८, कार्यालयमा काम गर्ने सबै कर्मचारीहरुको काम गर्ने स्थानमा पूर्व वा उत्तर फर्किएर बस्नुलाई शुभ मानिन्छ ।

९, कार्यालयको लेखाशाखालाई पूर्वदक्षिण दिशामा शुभ मानिन्छ । १०, बजार व्यवस्थापन शाखालाई कार्यालयको पूर्वाेत्तर दिशामा शुभ मानिन्छ ।

११, कार्यालयमा काम गर्ने कुनै पनि कर्मचारीको माथि बिम पर्नलाई अति नै अशुभ मानिन्छ, यदि यस्तो परेमा त्यसलाई फल्ससिलिगंले छोप्नु पर्छ ।

१२, कार्यालयमा मालिक वा प्रमुखको टेबल आयातकारकै हुनुपर्छ ।

१३, कार्यालयमा चियाचमेना गृहलाई पूर्वदक्षिण वा उत्तरपश्चिम दिशामा राख्नु पर्छ ।

१४, कार्यालयमा शौचालयलाई दक्षिणपश्चिम वा उत्तरपूर्वको दिशामा राख्नु हुँदैन ।

१५, कार्यालयका सबै महत्वपूर्ण कागजातहरुलाई सुरक्षित दराजमा दक्षिण वा पश्चिम फर्काएर राख्नु पर्छ ।

१६, कार्यालयमा सबै कर्मचारीहरुको टेबलमा टेलिफोनहरुलाई दक्षिणपश्चिमको कुनामा राख्नु पर्छ ।

१७, वार्ता तथा संवाद कोठालाई कार्यालयको पूर्व वा उत्तर दिशामा शुभ मानिन्छ ।

१८, ती कर्मचारीहरु जसलाई जीवनमा प्रगति गर्नु छ उनीहरुले पहिले कार्यालयको पश्चिम दिशामा बसेर पछि दक्षिण पूर्व दिशामा स्थानान्तर भएर काम गर्नलाई अति नै शुभ मानिन्छ ।
१९, कार्यालयमा शुभत्व र आर्थिक प्रगतिको लागि देवीदेउताहरुको तस्वीरहरुलाई ऐनामा प्रतिबिम्ब देखिने गरी राख्नु पर्छ ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: