सर्वोच्च अदालतले माग्यो राजेन्द्र महतोसँग लिखित जवाफ


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधिसभाको चुनावमा आचारसंहिता उल्लघंन गरेको विषयमा अध्यक्ष महतोसँग लिखित जवाफ मागेको हो ।

महतोले आचारसहिंता उल्लघन गरेका दावी गर्दै वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले निर्वाचन आयोगमा उजुरी गरेका थिए तर आयोगले महतोलाई कारवाही नगरेपछि उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हुन् ।

‘महतोमाथि कारवाही किन नगरेको ?’ भन्दै रामसिंह यादवले सर्वोच्च अदालतमा आयोग र राजेन्द्र महतोको विरुद्धमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आयोग र अध्यक्ष महतोले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज पत्र पठाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: