जुत्ता चप्पल उद्योगी व्यवसायी संघको चौथो साधारणसभा


नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको चौथो साधारणसभा वनभोज कार्यक्रम सहित गोकर्ण पार्कमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल प्रमुख अतिथि रहेको साधारणसभाको अवसर पारेर संस्थाको बार्षिक प्रतिवेदन तथा भावी योजनाहरु बारे विस्तृत छलफल भएको छ ।
कार्यक्रममा करिब १ सय व्यक्तिहरुको उपस्थिति रहेको संघका कार्यवाहक अध्यक्ष खुमराज ढुंगानाले सेतोघर डट कमलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्षहरु वसन्त दक्षमणि गौतम, आनन्द पौडेल, हरि वयलकोटी, विष्णु भुसाल, सम्झना श्रेष्ठ, महासचिव संकर खत्री, सचिवहरु टेक बहादुर श्रेष्ठ, कोषाध्यक्ष सोमनाथ तिवारी, सहकोषाध्यक्ष विश्वजित राई लगायत अधिकांश सदस्यहरुकाे उपस्थित रहेको बताइएको छ ।

संघका महासचिव संकर खत्रीले यो संघ लामो समय देखि साना तथा मझौला व्यवसायीहरुका समस्या सम्बन्धमा जागरुक तवरले विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिहरुमा संलग्न रहँदै आएको बताउनुभएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: