विदेशमा समेत व्युटी पार्लर सञ्चालनको योजनामा रश्मिला फेसियल हाउस, कस्ताे छ अहिलेकाे अवस्था

  • समाजसेवा र सौन्दर्यकला व्यवसाय सँगसँगै

  • प्रकाश कुमार श्रेष्ठ सञ्चालक रश्मिला फेसियल हाउस

     

    रस्मिला फेसियल हाउस ः
    काठमाडौं मल र गंगबुको विजी मलमा रस्मिला फेसियल हाउस समेत सञ्चालन गर्दै आउनुभएका प्रकाश श्रेष्ठ एक सफल युवा उद्यमी समेत हुनुहुन्छ । आफ्नो व्यवसायलाई आगामी दिनमा विदेशमा समेत विस्तार गर्ने योजनामा प्रकाश श्रेष्ठ हुनुहुन्छ । व्यावसायिक तथा सामाजिक गतिविधिमा संलग्न रहने क्रममा आफूलाई सबैभन्दा ठूलो सहयोग आफ्की श्रीमती रस्मिला श्रेष्ठको रहँदै आएको प्रकाश श्रेष्ठ बताउनुहुन्छ ।

    सौन्दर्य क्षेत्रमा श्रेष्ठको प्रवेश ः
    सन् २००९ देखि नेपालमा सौन्दर्य क्षेत्रमा चाहिने आवश्यक व्युटिसियन सामानहरु आयात गर्दै आउनुभएका प्रकाश श्रेष्ठ हाल अन्तराष्ट्रिय जगतमा विकास भएका नयाँ प्रविधि आयात कार्यमा संलग्न रहँदै आउनुभएको छ । नेपालमा आफूले विभिन्न स्तरीय सामानहरु विदेशबाट ल्याउनुभएको र स्तरीयतामा जोड दिनुभएको कारण तुलनात्मक रुपमा आफ्नो ब्युटी पार्लरलाई व्यवस्थित रुपमा अघी बढाउन सहज भएको छ । आफ्नो व्यवसाय विस्तारको निम्ति लायन्स क्लबले समेत विशेष सहजता तुल्याएको प्रकाश श्रेष्ठ बताउनुहुन्छ । सन् २०१२ मा कोरिया जाने क्रममा त्यहाँको प्रविधि नेपालमा भित्र्याउनको निम्ति आफूलाई महत्वपूर्ण अवसर मिलेको श्रेष्ठको अनुभव छ ।

    नेपालमा ब्युटी पार्लर व्यवसाय ः
    अहिले नेपालमा अहिले व्युटी पार्लर क्षेत्र निकै राम्रो तवरले विस्तार हुँदै गएको छ । नेपालमा यस क्षेत्रमा रहेर काम गर्ने क्रममा पनि केही समस्याहरु छन् ।
    पछिल्लो समय नेपालमा पनि मानिसहरुमा सौन्दर्य प्रतिको रुचि बढ्दो छ । मानिसहरुले गास र बास बराबरकै महत्व सजावटलाई पनि दिन थालेका छन् । यसैकारण अन्य व्यक्तिहरुसँगको भेटघाट वा सम्पर्कमा कोही भन्दा कमजोर देखिन चाहँदैनन् । यसले गर्दा उनीहरु आधुनिक सजावटमा निकै आकर्षित हुने गरेका छन् । यस्तो परिस्थितिमा नेपालमा पनि ब्युटीपार्लर व्यवसाय निकै व्यवस्थित तवरले सञ्चालन हुँदै आएको छ । नेपालमा यस क्षेत्रमा आकर्षण पनि त्यसरी नै बढेको छ । यस्तो अवस्थामा गुणस्तरीय सौन्दर्य सामाग्री नेपालमा भित्र्याउने कार्यमा रस्मिला फेसियल हाउसले महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको छ ।

    विदेशमा सौन्दर्य व्यवसाय ः
    तुलनात्मक रुपमा नेपालमा सौन्दर्य बजार निकै सस्तो छ । विदेशमा ३ हजार अमेरिकी डलरमा प्राप्त हुने सेवा नेपालमा ३÷४ सय नेपाली रुपियाँमा नै उपलब्ध हुँँदै आएको छ । नेपालको अहिलेको परिस्थिति र यहाँको आर्थिक अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो ।

    सेवामूलक व्यवसाय ः सामाजिक दायित्व निर्वाह गरेको क्षेत्र
    ‘हामीले सञ्चालन गरेको व्युटीपार्लर व्यवसाय सेवामूलक व्यवसाय हो । तुलनात्मक रुपमा सेवामूलक क्षेत्रबाट राम्रो आय गर्न सकिने अवस्था पनि रहन्छ । तर अहिले नेपालमा हामीले सौन्दर्य क्षेत्रबाट व्यावसायिक भन्दा पनि सामाजिक दायित्व बढी मात्रामा निर्वाह गरेका छौं । नेपालमा अहिले व्यवसाय गर्ने क्रममा हामीले कमाउने भन्दा पनि घरभाडा र कर्मचारी व्यवस्थापनमा नै निकै ठूलो रकम खर्च गर्नुपरेको छ’ प्रकाश श्रेष्ठ भन्नुहुन्छ ।

    मानिसहरुको सोचमा परिवर्तन हुँदै ः
    विगतमा हामीले यस क्षेत्रमा लगानी विस्तार गर्दा हामीलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन । तर अहिले भने यस क्षेत्र प्रतिको दृष्टिकोण बदलिएको छ । जसले गर्दा यस क्षेत्रमा रहेर काम गर्ने क्रममा हामीलाई निकै गर्व महसुस हुन्छ । अहिले यस क्षेत्रमा काम गर्नको निम्ति हामीलाई सन्तुष्टि पनि मिलेको छ ।

    आत्मनिर्भर व्यवसाय ः
    हामीसँग रहेर काम सिकेका थुप्रै व्यक्तिहरु अहिले यस क्षेत्रमा आफैं आत्मनिर्भर बनेका छन् । स्किन केयर र सौन्दर्य क्षेत्रलाई आधुनिक तवरले कसरी लैजाने भन्ने किसिमले काम गर्न सकिएको कारण नै अहिले यस क्षेत्रले निकै राम्रो फड्को मार्न सकेको हो ।

    चुनौतीपूर्ण विगत, प्रविधिमैत्री वर्तमान ः
    ‘यो क्षेत्र सधैं अपडेट र अपग्रेड हुनुपर्ने क्षेत्र हो । अहिलेको अवस्थामा आउने क्रममा हामीले पनि विगतमा निकै चुनौती भोगेका छौं । तर अहिले भने यो समस्या छैन । ग्राहकहरुको चाहना बुझेर सोही बमोजिम काम गर्न सकेको खण्डमा मात्र हामीले हाम्रा गतिविधिहरुलाई अग्र गतिमा अघी बढाउन सक्छौं । पछिल्लो समय हामीलाई सञ्चार माध्यमबाट पनि निकै राम्रो सहयोग मिलेको छ । अहिलेको समय प्रचारप्रसारको समय हो । यस्तो अवस्थामा हामीले हाम्रा गतिविधिहरु पनि त्यसरी नै अघी बढाएका छौं’ श्रेष्ठले आफ्नो अनभुव राख्नुभयो ।

    सिसिटीभीको भूमीका महत्वपूर्ण ः
    अहिले हामीले हाम्रो व्यवसायलाई गति दिन र व्यवसायको बारेमा जानकारी पाउनको निम्ति सिसिटिभीले पनि निकै सहयोग पुगेको छ । हामीले आगामी प्रविधि भित्र्याउनको निम्ति समेत निकै सहयोग गरेको छ ।

    विदेश भ्रमणको उपलब्धि ः
    विदेश भ्रमणको उपलब्धि नै नयाँ प्रविधि भित्र्याउन सहज भएको भन्दै प्रकाश श्रेष्ठ भन्नुहुन्छ, ‘विदेशमा भ्रमणको क्रममा मैले सिकेको सीप र प्रविधि नेपालमा भित्र्याएको कारण नै अहिले नेपालमा व्युटीपार्लर क्षेत्र अहिले यो अवस्थामा आउन सकेको हो । अन्य व्यक्तिहरु पनि, जो विभिन्न प्रयोजनले विदेश जानुहुन्छ, ऊहाँहरुले पनि आफूले विदेशमा रहँदा त्यहाँको प्रविधिको अध्ययन गरी नेपालमा उक्त प्रविधि भित्र्याउने प्रयाश गर्ने हो भने नेपाल अन्य क्षेत्रबाट समेत विकासको दिशामा छिटो अघी बढ्न सक्छ । सम्भव भएसम्म हामीलाई आवश्यक वस्तुहरु विदेशमा सिकेको प्रविधि बमोजिम नेपालमा नै उत्पादन गर्ने मान्यता बमोजिम हामी अघी बढ्नुपर्छ ।’

    स्वास्थ्यमा सचेत छौं ः
    नेपालमा व्युटीपार्लर सम्बन्धी सेवा विस्तारमा केन्द्रित भइरहँदा सेवाग्राहीहरुको स्वास्थ्यमा पनि आफू विशेष जागरुक रहेको भन्दै श्रेष्ठ भन्नुहुन्छ, ‘हामीले नेपालमा सबैजसो स्वास्थ्यवद्र्धक सौन्दर्य सामाग्रीहरु नै भित्र्याउँदै आएका छौं । नेपालमा हामीले हर्वल प्रडक्टहरु आयात हुँदै आएका छन् । तर हेयर कलर लगायतका विभिन्न वस्तुहरुमा भने केमिकल पनि प्रयोग भएको हुन्छ । यद्यपि मानवीय स्वास्थ्यको निम्ति ती वस्तुहरु हाम्रो छालामा कति समय कसरी राख्ने भन्ने कुरा पहिले नै निर्धारण गरिएको हुन्छ । साथै यस्ता वस्तुहरु प्रयोग गर्ने क्रममा सम्बन्धित क्षेत्रको प्राविधिक ज्ञान भएका व्यक्तिहरुबाट ती सेवा लिनुपर्ने आवश्यकता समेत त्यत्तिकै रहन्छ । हामी सोही बमोजिम सेवा दिँदै आएका छौं ।’

    युवालाइ आफैंले सिकेको काम गर्न सल्लाह दिन्छन् प्रकाश ः
    आफूसँग भएको सीपलाई नै प्रयोगमा ल्याउने किसिमले काम गर्न श्रेष्ठ सल्लाह दिनुहुन्छ । सबै काम आफैंले मात्रै गर्नुपर्छ भन्ने राख्न नहुने भन्ने हामीले आफूसँग भएको सीपकै माध्यमबाट आफु आवद्ध रहेको क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति विशेष पहल गर्नुपर्ने ऊहाँको धारणा छ ।

    काे हुन् प्रकाश कुमार श्रेष्ठ ?

    हाल गोंगबु लायन्स क्लबका डिष्ट्रिक्ट एड्भाइजर रहनुभएका प्रकाश श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं गंगबुका संस्थापक हुनुहुन्छ । व्यावसायिक हिसाबले ऊहाँ कन्स्ट्रक्सन क्षेत्र र सौन्दर्य क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएको छ । हाल यस लायन्स क्लब अफ काठमाडौं गंगबुमा राजनीतिक प्रतिनिधि, सुरक्षा क्षेत्रमा संलग्न व्यक्तिहरु, निजामती कर्मचारी, डाक्टर, वकिल, अडिटर लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको संलग्नता छ । हाल यस क्लबको नेतृत्व अध्यक्षको रुपमा मोहन भट्टराईलदे लिनुभएको छ । सामाजिक सेवाले उत्प्रेरित व्यक्तिहरु नै हाल लायन्स क्लबमा आवद्ध रहेको प्रकाश श्रेष्ठ बताउनुहुन्छ ।

    व्यावसायिक क्षेत्रमा मात्र नभई समाजको विकासको लागि पनि काम गर्नुपर्छ भन्ने मान्यताले नै अहिले आफू समेत विभिन्न सामाजिक गतिविधिहरुमा अघी बढेको प्रकाश श्रेष्ठ बताउनुहुन्छ । हाल ऊहाँले सञ्चालन गरेको रश्मिला ब्युटी पार्लरले करिब ४० जना व्यक्तिहरुलाई रोजगारी दिएको छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: