काेकाकाेलाकाे नयाँ याेजना ‘खेल्ने होइन त ?’


काठमाडौं, फागुन २६ । कोकाकोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।
‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटवल खेल्न आह्रवान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।
विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोका(कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ ।


कोकाकोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई , यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ । यदि तपाईको ठाँउमा कोका(कोलाको यस अभियान संचालन हुने भ्यान आएको देखेमा तपाई पनि खेल्नकोलागि तयार हुन सक्नु हुनेछ ।
यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित बिभिन्न बिषेश उपहारहरु पाउने छन् । कोका(कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको हो ।
नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अबसर जुराउदै गरेको कोका(कोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२५०० जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित बिषेश उपहार दैनिक २०० जनाले पाउने छ ।
“खेल्ने होइन त ?” अभियान देशको ३० शहरी तथा २० भन्द बढी ग्रामिण भेगहरु सबै ठाउँमा पुग्ने छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: