आवश्यक खेलमैदान, प्रविधि र पूर्वाधारको अभावमा अघी बढ्न नसकेको जुडो


विरेन्द्र रंजित

नेपालमा खेलकुद क्षेत्रमा रहेर काम गर्ने क्रममा केही समस्या भने अवस्य पनि सामना गर्नुपर्छ । लामो समय देखि जुडो क्षेत्रमा संलग्न रहँदै आएका विरेन्द्र रंजितले पनि यही अनुभव गरेका छन् । नेपालमा व्यावसायिक रुपमा खेल क्षेत्र अघि बढ्न नसकेको अहिलेको अवस्थामा यस क्षेत्रमा प्रविधि र पूर्वाधार मुख्य समस्याको रुपमा रहेका छन् । आवश्यकता बमोजिम प्रशिक्षकको अभाव छ । प्रयोग हुने कपडा देखि उपकरण सम्मका सामानहरु आयातमा नै निर्भर छन् । जसले गर्दा मूल्य समेत तुलनात्मक रुपमा महँगो नै छ । आवश्यक खेलमैदान उपलब्ध छैन । यस्तै–यस्तै समस्याको कारण राम्रो सम्भावना हुँदाहुँदै पनि जुडो क्षेत्र अघी बढ्न सकेको छैन । जुडोका प्रशिक्षक वीरेन्द्र रंजित पनि यही अनुभव संगालेका छन् ।
नेपाल जुडोको हिसाबले राम्रो सम्भावना भएको क्षेत्र हो । यसैकारण पछिल्लो समय जुडो क्षेत्रको निम्ति नेपाल सरकारले समेत सहयोग प्रदान गर्दै आइरहेको छ । हाल करिब नेपालमा करिब ३ हजार व्यक्तिहरुले जुडो सिकिरहेको हुन सक्ने रंजितको अनुमान छ ।

नेपालमा प्रयाप्त मैदान र उपकरणहरुको अभावमा यस खेललाई जुन रुपमा अघी बढाउनुपर्ने हो, त्यस किसिमले अघी बढाउन सकिएको छैन । यद्यपि विगतमा काठमाडौंमा मात्र सीमित रहेको जुडो अहिले भने नेपालका उपत्यका बाहिरका जिल्लाहरुमा समेत विस्तार हुँदै गएको छ । हाल इलाम, झापा, पर्सा, वारा, पोखरा, बाँके, कैलाली, बर्दिया, नेपालगन्ज, धनगढी, कञ्चनपुर लगायतका क्षेत्रको अलावा नेपाल आर्मी, नेपाल पुलिस र एपिएफमा जुडो खेलको अभ्यास हुँदै आएको छ ।

शैक्षिक संस्थाहरुमा समेत सिकाइँदै ः
पछिल्लो समय जेन्टस, भानुभक्त मेमोरियल, ल्यावोरेटरी कलेज, बालविकास स्कुल, पार्म संस्था (अभिभावक जेलमा भएका र बालबालिकाहरु समेत जेलमा रहेका मध्येबाट ल्याएर खेलाईने, लगायतमा यस्ता खेलहरु सञ्चालन गरिँदै आइएको छ । यद्यपि नेपालमा यस क्षेत्रलाई व्यवस्थित रुपमा अघी बढाउनको निम्ति आवश्यकता बमोजिम दक्ष जनशक्ति (प्रशिक्षक)को उपलब्धता हुन सकेको छैन । अन्य विविध समस्याहरु यस खेलको विकासको निम्ति चुनौतीको रुपमा देखिएका छन् ।


विगतमा नेपालमा १ जना संस्थापक नै प्रशिक्षकको रुपमा रहेकोमा केही प्रशिक्षकहरु थपिएका छन् । जुन अप्रयाप्त छ । अहिले चिफ कोच (मुख्य प्रशिक्षक)को रुपमा वीरेन्द्र नै रहँदै आएकाछन् । विगतमा केही पहिले १ दर्जनको हाराहारीमा प्रशिक्षकहरु पुगेका भएपनि अहिले भने नेपालमा ती प्रशिक्षकहरु सबै यही क्षेत्रमा मात्र संलग्न रहन सकेनन् । अर्थात यहाँको परिस्थिति । जसले गर्दा हाल जुडोका प्रशिक्षकहरु ७ जना मात्र रहेको कोच विरेन्द्र रंजित बताउँछन् ।

 

ठूलो लगानीको क्षेत्र ः
यो खेल सिक्नको निम्ति तुलनात्मक रुपमा अलि बढी नै रकम लगानी आवश्यक पर्छ । पछिल्लो समय नेपालमा खेलकुद क्षेत्रको विकासको निम्ति राज्यले विशेष स्थान त दिँदै आएको छ । तर अझै पनि खेलकुदमा लागेर बाँच्न सक्ने अवस्था नबनिसकेको कारण यस क्षेत्रमा पूर्णत समर्मित बन्ने व्यक्तिहरु भने कमै छन् ।
नेपालमा अहिलेको अवस्थामा जुडोलाई व्यावसायिक रुपमा अंगालेका व्यक्तिहरु निकै कम छन् । फुपु लामा खत्री (सापका खेलाडी समेत) बढी समय जुडोमा विताइरहेका छन् । यद्यपि यस खेलमा अन्य व्यक्तिहरु भने आउन सकेका छैनन् ।

नेपालमा जुडो २०४० देखि नै विधिवत रुपमा अघी बढेको हो । अहिले भने राष्ट्रिय खेलकुद परिषद, इन्टरनेशनल जुडो फेडेरेसनको अलावा जापान लगायतका देशहरुबाट समेत जुडोको विकास र विस्तारको निम्ति केही सहयोग प्राप्त हुँदै आएको छ ।

राम्रो सम्भावना ः
नेपालमा तेक्वान्दो, कराँते, लगायतका खेलहरुको तुलनामा जुडो सबैको निम्ति ब्ढी खेल समेत हो । अन्य मार्सल आर्टसहरु अरुलाई प्रहार गर्ने किसिमका छन् भने यो आफूलाई कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित छ । नेपालमा खेलकुदको क्षेत्रमा लगानी गर्ने प्रचलन अझै राम्रो तवरले विकास नभइसकेको कारण जुन रुपमा यस क्षेत्रमा मानिसहरु आकर्षित हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: