जटिल बन्दै ग्रिल व्यवसाय  ः व्यवसायी गोपाल कार्कीको अनुभव


नेपालमा लामो समय देखि ग्रिल व्यवसायमा संलग्न रहनुभएका गोपाल कार्की यस व्यवसायलाई व्यवस्थित बनाउन नसकिएको बताएका छन् ।
व्यवसाय जोखिमपूर्ण हुँदाहुँदै पनि मुनाफाको हिसाबले भने राम्रो नै रहेको तर व्यवस्थित बनाउको निम्ति नेपाल सरकार, नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघ लगायत कसैले पनि चासो दिन नसकेको कारण व्यवसाय सञ्चालन जटिल बन्दै गएको उनले बताए ।
नेपालमा निकै सानो लगानीबाट बिना पूर्वाधार नै व्यवसाय शुरु गर्ने व्यवसायी समेत रहेको कारण उनीहरुले स्तरीय सेवा दिन नसक्ने तर बजार मूल्यमा भने त्यस्ता व्यवसायीहरुले निकै प्रभाव पार्ने उनी बताउँछन् ।
अहिले पनि नेपालमा ग्रिल व्यवसायमा मूल्यमा एकरुपता कायम हुन नसकेको बताउँदै उनले यसलाई व्यवस्थित गर्नको निम्ति विशेष पहल गर्नुपर्ने बताएका छन् ।
जग्गा लिज्डमा लिएर नै व्यवसाय गर्नुपर्ने यस व्यवसायमा जग्गाधनीको कारण समेत समस्या आउने गरेको कार्की बताउँछन् ।
नेपालमा अहिले सम्म निजी क्षेत्रमा नै काम गर्दै आएका उनी सरकारी काम लिनको निम्ति निकै गाह्रो अवस्थाको आफूले अनुभव गरेको बताएका छन् । काम लिन समेत ठूलै पावर आवश्यक पर्ने अनुभव आफूले सङ्गालेको उनी बताउँछन् ।
आगामी दिनमा जथाभावी रुपमा व्यवसाय सञ्चालन गर्ने कार्यमा नियन्त्रण गर्नुपर्ने आवश्यकता आफूले देखेको उनी बताउँछन् ।
हाल तारकेश्वरको पैयुटार स्थित एम.जि मेटल नामक कम्पनी सञ्चालन गर्दै आएका उनी विभिन्न सामाजिक गतिविधिहरुमा समेत संलग्न रहँदै आएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: