‘हिउँ जस्तै सफा मन’ नामक म्युजिक भिडियो सार्वजनिक


‘हिउँ जस्तै सफा मन’ नामक म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । नारी दिवसको विशेष अवसरमा यो गीत

सार्वजनिक गरिएको हो । सांगितीक क्षेत्रमा रुचि राख्दै आएकी पारु रंजितले यो म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।

विरेन्द्र रंजित निर्माता रहेको यस म्युजिक भिडियोको निर्देशन बसन्त निरौलाले गरेका हुन् । यसमा क्यामरापर्सनको रुपमा दिव्य सुवेदी रहेका छन् भने भिडियो इडिटिङ सुप्रिम पराजुलीले गरेका हुन् । कोरियोग्राफीमा पवित्र अाचार्य छन् ।

यस म्युजिक भिडियोको सुटिङ कालिन्चाेककाे निकै चिसो हिउँमा  निकै दुखसाथ गरिएको समेत पारु रंजितले बताइन् ।

आफूसँग उपलब्ध स्रोतमा नै सन्तुष्ट हुनुपर्छ । उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्न सक्नुपर्छ भन्ने सन्देश बोकेको यस म्युजिक भिडियोले नेपाली युवाहरुलाई नयाँ सन्देश प्रवाह गर्न खोजेको छ । आफ्नोपनमा नै रमाउनको निम्ति प्रेरित यस गीतको एक हरफ यहाँ प्रस्तुत गरिएको छ ।
म त नेपाली छोरी हजुर यही हाे पहिचान
म त गोर्खाली छाेरी हजुर यसमै मेरो शान

नेपालको वास्तविकतामा आधारित निकै मर्मष्पर्शी र गहन विषयवस्तु उठान गरेको यस गीतले सकारात्मक सोचको विकासको निम्ति महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । ग्रामीण हिमाली परिवेश र प्रकृतिसँगको निकटतालाई समेत यस गीतले विशेष स्थान दिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: